प्रेस युनियन प्रदेश अध्यक्षमा नवोदित

विराटनगर, १६ माघ (रासस) : नेपाल प्रेस युनियन प्रदेश नं १ को सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षमा पत्रकार मीनकुमार नवोदित निर्वाचित हुनुभएको छ ।

नवोदितको अध्यक्षतामा सर्वसम्मत निर्वाचित २८ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला (झापा), महिला उपाध्यक्ष जयन्तीकला तामाङ (उदयपुर), समावेशी उपाध्यक्ष शारदा तामाङ (भोजपुर), महासचिव सञ्जीव वाग्ले (सुनसरी), सचिव सरोज निरौला (उदयपुर), महिला सचिव सरला रेग्मी (पाँचथर), समावेशी सचिव विनय वाराकोटी (सुनसरी) र कोषाध्यक्षमा कविराज घिमिरे (धनकुटा) निर्वाचित हुनुभएको छ ।

सदस्यमा चुमन बस्नेत, दिनेश गिरी, निरोज कोइराला, नरेन्द्र राई, विनु खड्का, प्रकाश पास्तावा, शिखरजङ्ग श्रेष्ठ, दीपक काफ्ले, निशा दाहाल, रविना सुवेदी, सङ्गीता सुहाङ, कल्पना कडरिया, हिमांशु राय, सुजन बज्राचार्य, ईश्वर चर्मकार, भास्कर चौधरी, आशिष यादव, मिलन राई, खेमराज बराल र जीवन फुयाँल चयन हुनुभएको छ ।

यस्तै लेखा समिति संयोजकमा लक्ष्मी गौतम, सदस्यमा करुणा बस्नेत र पदमसुन्दर लामिछाने निर्वाचित हुनुभएको छ । निर्वाचित अध्यक्ष नवोदितलगायत पदाधिकारीलाई युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल, उपमहासचिव अभयकुमार राई लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖