मालपोतको सेवा प्रभावकारी र झन्झटमुक्त बनाउन कर्मचारीलाई मन्त्री राईको निर्देशन

काठमाडौँ, १८ माघ (रासस) : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले मालपोत कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटो–छरितो, प्रभावकारी र झन्झटमुक्त बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने मुख्य भूमिका कर्मचारीहरुको हुने उल्लेख गर्दै मालपोत कार्यालयहरुका कामहरुलाई झन्झटमुक्त बनाउन उहाँले निर्देशन दिनुभएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको काम कारबाही बारेमा ‘ब्रिफिङ’ लिँदै मन्त्री राईले जनतालाई सरल, सहज र छिटो गरी सेवा उपलब्ध गराउन निर्देशन दिनुभयो । विभागका कर्मचारीसहित उपत्यकामा रहेका मालपोत कार्यालयका प्रमुखहरु उपस्थित कार्यक्रममा मन्त्री राईले मालपोत कार्यालय र कर्मचारीप्रतिको जनताको धारणा बदलिने गरी काम गर्न निर्देशन दिनुभयो ।

मन्त्री राईले आफू सामूहिकतामा विश्वास राख्ने उल्लेख गर्दै मन्त्रालय, विभाग र मातहतका कार्यालयको समन्वयमा सेवा प्रवाह प्रभावकारी र सरल बनाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री राईले जग्गाको मूल्य निर्धारणमा हुने नीतिगत भ्रष्टचारले ठूलो मात्रामा राजस्व हिनामिना भइरहेको भन्दै मूल्य निर्धारणबाट हुने राजस्व हिनामिना हुन दिन नहुने बताउनुभयो । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मालपोतका कर्मचारीहरु जग्गा प्रशासन जस्तो महत्वपूर्ण भूमिकामा रहेकाले सोही अनुसार प्रभावकारी काम गर्न आग्रह गर्नुभयो । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।