सरकारबाट बाहिरिने रास्वपाको निर्णय

काठमाडौँ, २२ माघ (रासस) : राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आज बसेको पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो । बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले आफू र आफ्नो पार्टीलाई दिएको एक-एक भोटको महत्व राख्ने बताउनुभयो ।

बैठकले यद्यपि सरकारलाई दिएको समर्थन भने यथावत राख्ने बैठकले निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाल दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी छन् ।

फाइभजी परीक्षण चरणमा
काठमाडौँ, २२ माघ (रासस) :
नेपाल टेलिकमले फाइभजी सेवातर्फ उपकरणको जडान गरी परीक्षण जारी रहेको जनाएको छ ।

टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले फाइभजी सेवा परीक्षण चरणमा रहेको बताउनुभयो । उहाँले फाइभजी प्रभावकारीरुपमा सञ्चालन गर्नेगरी पूर्वतयारीमा रहेको उल्लेख गर्नुभयो ।

जीएसएम प्रविधिअन्तर्गत हाल सञ्चालनमा रहेको मोबाइल सेवा र नयाँ आउने फाइभजी सेवा प्राविधिकरुपमा नै फरकरुपमा सञ्चालन हुने उहाँको भनाइ छ । कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटिटिएच सेवा देशव्यापी बिस्तार गरिरहेको छ । यसअघि मुलुकका ६८ जिल्लामा विस्तार गरिएको एफटिटिएच सेवा अन्य जिल्लामा पनि पु¥याउने योजना अघि बढाइएको नेपाल टेलिकमको भनाइ छ ।

सात सय ३९ स्थानीय तहमा फोरजी

वायरलेस ब्रोडब्याण्ड अर्थात् फोरजी एलटिइ सेवाको देशव्यापी विस्तार गरिएको टेलिकमले जनाएको छ । हालसम्म ७७ जिल्लाका सात सय ३९ स्थानीय तहमा यसको पहुँच पुगेको छ भने आयोजनाको ९८ प्रतिशत कार्य पूरा भइसकेको कम्पनीले उल्लेख गरेको छ ।

फोरजी नेटवर्क विस्तारसँगै फोरजी डाटाको खपतमा उल्लेखनीय वृद्धि भएको र नयाँ प्रविधिका रुपमा ई–सिमकार्डको देशव्यापी वितरण गरिरहेको प्रबन्ध निर्देशक पोडेलले बताउनुभयो । डाटा सेवाको माग पूरा गर्न वायरलेस होम ब्रोडब्याण्ड सेवा उपलब्ध गराइएको छ । देशका अधिकांश स्थानमा फोरजी एलटिइ सेवा विस्तारसँगै भोल्टेजको प्रयोग उल्लेख्यरुपमा वृद्धि भएको छ ।

२६ अर्ब ४१ करोड राजस्व

मुलुकका सार्वजनिक संस्थानमध्ये हालसम्म सबैभन्दा नाफा कमाउने र राज्यलाई बढी राजस्व तिर्ने नेपाल टेलिकमले अघिल्लो वर्ष सरकारलाई रू २६ अर्ब ४१ करोड राजस्व तिरेको छ । टेलिकमका प्रबन्ध निर्देशक पौडेलका अनुसार आव २०७७÷७८ मा विभिन्न कर तथा गैरकर गरी कम्पनीले उक्त रकम राजस्व बुझाएको हो ।

आर्थिक वर्ष २०७८÷७९ मा कम्पनीको कूल आय रू ४४ अर्ब ३७ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा रू आठ अर्ब ४७ करोड भएको छ । चालु आवको पुस मसान्तसम्म कम्पनीले रू २१ अर्ब ८० करोड राजस्व प्राप्त गरेको छ ।

टेलिकमको भ्वाइस सेवातर्फ २०७९ मङ्सिर अन्त्यसम्ममा ग्राहक आधार दुई करोड १३ लाख २५ हजारभन्दा बढी छ । जसमध्ये जीएसएम मोबाइल सेवाका ग्राहक दुई करोड एक लाख ८६ हजारभन्दा बढी, सिडिएमए सेवाका चार लाख ३६ हजार र पिएसटिएन सेवाका ग्राहक चार लाख ५५ हजारभन्दा बढी छन् ।

त्यसैगरी एफटिएच भ्वाइस सेवाका ग्राहक दुई लाख ४७ हजार तथा एफटिएच डाटा सेवाका ग्राहक दुई लाख ११ हजार छन् । चालु आवको असोज महिनासम्म भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा ५२ दशमलव २४ प्रतिशत छ ।

इन्टरनेट डाटा सेवातर्फ २०७९ मङ्सिरसम्म कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवा प्रयोगकर्ता कूल दुई करोड छ लाख १८ हजार छ सयभन्दा बढी पुगेका छन् । सोमध्ये जिएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता दुई करोड एक लाख ६ हजार एडिएसएल सेवाका प्रयोगकर्ता ७८ हजार र एफटिएच डाटा सेवाका प्रयोगकर्ता दुई लाख ११ हजार छन् ।

मध्यपहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका जिल्ला, नगरपालिका र गाउँपालिकालाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य तीव्र गतिमा अघि बढाइएको छ । सो क्षेत्रमा हालसम्म एक हजार तीन सय २६ किमी फाइबर बिछ्याउने कार्यसम्पन्न भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।