संविधानले सङ्घीय शासन प्रणालीलाई संस्थागत गरेको छ : प्रदेश प्रमुख खापुङ

विराटनगर, २४ माघ (रासस) :प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानले लोकतान्त्रिक गणतन्त्र तथा सङ्घीय शासन प्रणालीलाई संस्थागत गरेको बताउनुभएको छ । नेपालको संविधानको धारा १८४ बमोजिम प्रदेश प्रमुख खापुङले प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई सुनिश्चित गरेको छ भन्नुभयो ।

प्रमुख खापुङले पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, सुशासन, कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मन्यतामा आधारित रही समृद्ध राष्ट्र निर्माण गर्ने अङ्गीकार गरेको उल्लेख गर्नुभयो । संविधानले सङ्घ, प्रदेश र स्थानीय तहसमेत तीन तहमा स्थापित सरकारबीच राज्य शक्ति र अधिकारको बाँडफाँट स्पष्ट गरेको उल्लेख गर्दै उहाँले नेपालको सङ्घीय शासन प्रणालीको अभ्यासको आरम्भ हुँदै गर्दा प्रदेशसभा, प्रदेशका नागरिकको आवाज मुखरित गर्ने विश्वसनीय थलोको रुपमा विकसित भइरहेको धारणा राख्दै सङ्घीयता लोकतन्त्र र गणतन्त्रप्रति जनभरोसा बढाउने कार्यमा प्रदेश सरकार लाग्नुपर्नेमा बताउनुभयो ।

पहिलो प्रदेशसभाले सफलतापूर्वक आफ्नो पूर्ण कार्यकाल पूरा गरेकोमा धन्यवाद दिँदै प्रदेश प्रमुख खापुङले पहिलो कार्यकालको अवधिमा प्रदेशसभा र प्रदेश सरकारका आधारभूत संरचनाको निर्माण तथा नीति र प्रदेश कानुनको निर्माणमा उल्लेखनीय कार्य भएको दाबी गर्नुभयो ।

उहाँले विगतमा १० वटा अधिवेशनबाट ६२ वटा सरकारी विधेयक पारित भएर प्रमाणीकरण भई प्रदेश कानुनको रुपमा लागू भएको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म, संविधान कार्यान्वयनप्रतिको दायित्व, प्रादेशिक विकासका लागि तर्जुमा भई प्रदेश सरकारबाट निर्माण एवं उत्पादनजस्ता कार्य सकारात्मक हो भन्नुभयो ।

प्रमुख खापुङले प्रदेश सरकारले शान्ति सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, वन पर्यटनलगायत पूर्वाधार निर्माण र आर्थिक विकास तथा सामाजिक न्यायलगायतका जनताले प्रत्यक्ष अनुभूति गर्ने क्षेत्रमा निरन्तर काम गरिरहेको बताउँदै सरकारले सेवा प्रवाह क्षेत्रमा रहेको असहज परिस्थितिको अन्त्य पनि गरेको धारणा राख्नुभयो ।

सुशासनको माध्यमबाट प्रदेशका जनताको सुख, समृद्धि र प्रगतिका लागि निरन्तर लागि रहनुपर्ने भावनालाई प्रदेश सरकारले आत्मसात गरेको छ भन्दै प्रदेश प्रमुख खापुङले सङ्घीयताको सफल कार्यान्वयनबाट यस प्रदेशको नागरिकको सुख, समृद्धिको अनुभूति गराउन प्रदेश सरकार सफल रहोस् भनि शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नागरिकमैत्री कानुन निर्माण गरी प्रदेशको सन्तुलित एवं दिगो विकास र सुशासन कायम गर्ने कुरा सांसदको भूमिका रचनात्मक र सिर्जनात्मक रहनसकोस् ।” प्रदेश प्रमुख खापुङको सम्बोधनपछि १५ मिनेट स्थगन भएको सदन पुनः सञ्चालन भएपछि सभामुख गौतमबाट पेश भएको निर्णयार्थ धन्यवादको प्रस्ताव सर्वसम्मतिले पारित भयो । सभामुख बाबुराम गौतमले अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगित भएको जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।