कमिसन मागेपछि बिमान्स्थलका महाप्रबन्धक ठाकुर निलम्बित

काठमाडौँ २७ माघ (रासस) :संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

गैरकानुनी रुपमा एक वायु सेवा कम्पनीसँग लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री पाइएपछि मन्त्रालयले प्राधिकरणलाई पत्राचार गर्दै उक्त निर्देशन दिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएकाले जाँचबुझ गर्ने सिलसिलामा महाप्रबन्धक ठाकुरलाई निलम्बनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको मन्त्रिस्तरीय निर्णयका आधारमा महाप्रबन्धकलाई निलम्बनका लागि प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको हो । सो विषयमा थप अनुसन्धान गर्न मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत अनुरोध गरिएको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

केही दिनपहिले मात्रै अख्तियारले विमानस्थलको आन्तरिकतर्फका प्रमुख पूर्ण चुडाललाई घुस बापतको रकमसहित पक्राउ गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।