ताप्लेजुङको ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर भूकम्प

फुङ्लिङ, १ फागुन (रासस) ः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो ।

ओलाङचुङ्गोलामा भने कुनै क्षति नभएको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिनुभयो । ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर २०७७ साल माघ २७ गते पनि ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

अध्ययनसँगै च्याउ खेती
भजनी, १ फागुन (रासस) ः
पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषि विज्ञान विषयको अध्ययनरत हुनुुहुन्छ । उहाँ अध्ययन सँगसँगै आफ्नो पढाइ खर्चको केही रकम आफँै व्यवस्थापन गर्दै आउनुभएको छ ।

कलेजमा अध्ययन गर्ने केही साथीहरूको समूह बनाएर च्याउ खेती गर्दै आएकी उहाँलगायतका साथीहरूले खाजा खर्चबापतको रकम जम्मा गरेर च्याउ खेती सुरु गरेका हुन । “भाडाको बसाइँ, सबै किनेर खानुपर्ने घरबाट पठाएको पैसाले नपुग्ने”, विपनाले भन्नुभयो, “च्याउ खेतीबाट थोरै भए पनि आम्दानी हुने गरेको छ । त्यो आम्दानीले आफ्नो खाजा खर्च व्यवस्थापन भएको छ । कलेजको अतिरिक्त क्रियाकलापलाई चाहिने रकम व्यवस्थापन हुँदै आएको छ ।”

समूहमा जोडिएका अछाममा रमेश साउँद मङ्गलबार र शुक्रबार कृषि हाटबजारमा व्यस्त देखिनुहुन्छ । उसो त उहाँहरुले कृषि हाटबजारमा साथीहरूको पालो लगाउनुभएको छ । उहाँहरु उत्पादन भएको च्याउ बिक्रीका लागि हाटबजारमा पु¥याउनुहुन्छ । उहाँसँगै एकदुई जना अन्य साथीहरू पनि सँगै हुन्छन् । बजार मूल्यभन्दा १५ प्रतिशत सस्तोमा च्याउ बिक्रीको साइनबोर्डसमेत उहाँहरुले स्टलको अगाडि राखेको हुन्छ । केही च्याउ बेच्न व्यस्त हुन्छन् भने केही आएका ग्राहकलाई कृषि तथा च्याउ खेतीको बारेमा बुझाउन पनि ।

प्रतिकेजी रु एक सय २० मा च्याउ बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । “बजारको समस्या छैन । उत्पादन भएको च्याउ सहजै बिक्री हुन्छ । हप्तामा दुई दिन कृषि हाट बजारमा ४० देखि ५० केजी च्याउ बिक्री हुन्छ ।“ रमेशले भन्नुभयो, “आम्दानी भएको रकम समूहमा जम्मा गर्छौं । कलेजको अतिरिक्त क्रियाकलापका लागि खर्च गर्छौं भने बाँकी बराबर भाग लगाउँछौँ ।“ प्रतिव्यक्ति पाँच हजार जम्मा गरेर कलेजभित्रै उहाँहरुले च्याउ उत्पादन सुरु गरेका हुन । प्लास्टिकको टनेल निर्माण गरेर सामूहिक काम गर्दै आएका विद्यार्थीले आफूले पनि तरकारी किनेर खानुपरेको छैन । बाँकी रहेको जमिनमा तरकारीसमेत विद्यार्थीले फलाएका छन् ।

आफूहरुको क्षेत्र पनि कृषि भएकाले सिजनअनुसार आम्दानी राम्रो हुने देखेपछि सामूहिकरुपमा काम थालिएको कुवेर जैशी बताउनुहुन्छ । “आठ जनाको समूह बनाएर ४० हजारबाट च्याउ खेती सुरु गर्यौं । त्यसको परिणाम राम्रै भएको छ । एकातिर सिकाइ पनि भयो भने अर्कोतिर आम्दानी पनि । कुवेर भन्नुहुन्छ , “उत्पादन भएको पहिलो लटको च्याउबाट हाम्रो लगानी उठेको छ । अहिलेसम्म तीन क्विन्टल च्याउ बिक्री गरेका छौँ । अझै त्यहीँ मात्रामा उत्पादन हुने आशा छ ।”

उहाँहरुले च्याउ खेतीसँगै सिजनअनुसार अन्य तरकारी खेती गर्ने सोचसमेत बनाउनुभएको छ । बिहानको समयमा कलेजमा हाजिर हुने बिद्यार्थी समूह फुर्सदको समयमा त्यहीँ बारीमा व्यस्त हुनेगरेका छन् । फुर्सदको समयको सदुपयोगले सिकाइसँगै आम्दानी हुन थालेपछि अन्य विद्यार्थी पनि समूहमा जोडिन चाहेको अर्जुन सिग्देल बताउनुहुन्छ । “हामीले गरेको कामबाट हाम्रो समूह मात्रै सन्तुष्ट छैन । अन्य कक्षाका विद्यार्थीलाई सिक्ने अवसरसमेत मिलेको छ”, अर्जुनले भन्नुभयो, “कृषिलाई आधुनिकता र व्यावसायिक कसरी बनाउने, कस्तो माटोमा के लगाउँदा राम्रो उत्पादन हुन्छ त्यसको परीक्षण गरेर कृषि गर्दै आएका छौँ ।”

यसभन्दा पहिले उहाँहरुले फूल खेतीसमेत गर्नुभएको थियो । फूल खेतीबाट रु ५० हजार आम्दानी गरेको आशिष धामीले बताउनुभयो । यस वर्ष फूल खेतीलाई बढाउने सोचमा विद्यार्थी समूह छ । उहाँले बजारमा फूलको मागलाई पूरा गर्न नसकिएको बताउँदै पाठ्यक्रमको अध्ययनभन्दा यस्तै कार्यक्रमबाट बढी सिकाइ हुने गरेको बताउनुभएको छ । “फूल खेतीबाट पनि राम्रो उत्पादन गर्न सफल भएका थियौं । त्यो फूल खेतीले पनि हामीलाई थप कृषिमा लाग्न ऊर्जा दिएको हो”, उहाँ भन्नुहुन्छ, “आज राम्रो हुँदै गएको छ । अध्ययन सकिएपछि पनि कृषिमै काम गर्नुपर्ने हुँदा समूहलाई निरन्तरता दिने गरी काम गर्ने सोच पनि छ ।”

कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी टीकापुर बाहिरका छन् । सबै भाडामा कोठा लिएर बसेका छन् । घरबाट पठाएको पैसाले खर्च धान्न नसकेपछि उहाँहरु कृषिमा आकर्षित हुँदै गएको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।