६-७ फागुनमा तेस्राे किरात राई प्राज्ञिक सङ्गोष्ठी

खोटाङ, ४ फागुन ।   किरात राई प्रज्ञा परिषदले तेश्रो किरात राई प्राज्ञिक सङ्गोष्ठीको तयारी गरेको छ । किरात राई यायोक्खाको बौद्धिक क्रियाकलाप गर्न बनाइएको परिषदले आगामी फागुन ६ र ७ गते यायोक्खाको कार्यालय, कोटेश्वर, काठमाडौंमा किरात राई प्राज्ञिक सङ्गोष्ठीको तयारी गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा हुने १२ औं सत्रको प्राज्ञिक सङ्गोष्ठीमा २८ वटा कार्यपत्र र तीन वटा समुहगत सत्र समेटिएको परिषदका सदस्य सचिव डा. तारामणि राईले जानकारी दिएका छन् । 

सङ्गोष्ठीमा राजनीति र किरात पहिचान, भाषिक पुरातत्व, स्थाननाम र मानकीकरण, मुन्दुम र दर्शन, किरात चाड, साँस्कृतिक थलो र किरात राई महिला, किराती कला–साहित्यमा सौन्दर्य चिन्तन, भाषा र समाज, भाषिक स्थिति, किराती सौन्दर्य चिन्तन, चलचित्र र मुन्दुमी वनस्पती लगायतका विषयमा सम्वन्धित अध्येता एवं विषयविज्ञले कार्यपत्र प्रस्तुत गर्ने र छलफल गर्ने कार्यक्रम छ । 

    नेपालको राजनीतिक प्रक्रियामा किरात राई समुदाय बारे डा. पर्वतकुमार राई, कन्स्ट्रक्टिङ इथ्निसिटी एण्ड आइडेन्टिटी अफ वान्तवा राई इन इन्स्टर्न नेपाल बारे राजुकुमार राई, थामीः किरात जाति विषयमा रमेश थामी, द धिमाल इथ्निक कम्यूनिटी रिलेशनसीप वीथ द किरातीज बारे डा. सोमबहादुर धिमाल, किरात सभ्यता बारे कौशल चेम्जोङ, लिंग्वीष्टिक आर्कियोलोजी एज रिसर्च मेथोडोलोजी इन इन्डिजेनस कन्टेक्स्ट अफ नेपाल वारे डा. लाल रापचा, लिम्बुभाषी स्थाननामका रुपहरु बारे दिलविक्रम आङ्देम्बे, द स्टान्डर्डाइजेसन प्रोसेस इन लिम्बु बारे सन्तोष रिसेन चोङवाङ, किराती इमेजरी इन द मिथ अफ ताङवामा, खिवामा एण्ड हेत्छाकुवा बारे सन्तोष राई, मगर ढुट र पुमा राई भाषाका व्यकरणिक कोटीबिच तुलनात्मक अध्ययन बारे युरिका थापाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । 

 किरात राई सुप्तुलुङ र मुन्दुमी जीवन दर्शन बारे दिलेन्द्र मुकारुङ राई, मुन्दुम र किरात इतिहास बारे भोगीराज चाम्लिङ, याक्थुङ मुन्धुम बारे डिबि आङबुङ, मुन्धुमी रिचुअलः परसेप्सन एण्ड प्राक्टिस अफ किरात राई चाम्लिङ लिभिङ इन काठ्माण्डु बारे कमलादेबी राई, तुम्लोः बायुङ संस्कृतिको आधार बारे किशोर बायुङ राईको कार्यपत्र प्रस्तुत हुनेछ ।

किरात वान्तवा राईहरुले मनाउने युपुङ चाड बारे अनन्त राई, किरातहरुको उँधौली–उभौली पर्व र मगरहरुको मंसिरे भेजा तथा चण्डी पुजा बारे डा. विष्णुकुमार सिङ्जाली, साकेला एण्ड किरात आइडेन्टिटी पोलिटिक्स बारे शुष्मा राई, खुवालुङः किरात साँस्कृतिक स्थल बारे शालिक राई, किरात राई महिलाहरुमा बाह्य संस्कृतिको प्रभाव बारे शान्तिदेवी राईले कार्यपत्र प्रस्तुत गर्ने परिषदले जनाएको छ । 

साम्पाङ भाषाको समाज भाषा वैज्ञानिक अध्ययनको संक्षिप्त रुपरेखा वारे रोहिणी राई, माथिल्लो अरुण उपत्यकाको लोहोरुङ मिथकः मानव भाषा शास्त्रीय विश्लेषण वारे दिवस राई, केस मार्किङ सिस्टम इन खालिङ वारे अर्जुन राई, स्टाटस एण्ड डाइमेन्सन अफ रि–इन्टग्रेसन अफ रिटर्नी राई माइग्रेन्टस् इन नेपाल बारे महेन्द्रकुमार राईको प्रस्तुती हुनेछ ।

समकालीन कवितामा किराती सौन्दर्य चिन्तन बारे यसोदा राई, चलचित्रमा आदिबासी किराती सौन्दर्य बारे महेश राई, किरात राई जातिले प्रयोग गर्नुपर्ने मुन्दुमी वनस्पतिहरुको खाद्य तथा औषधीय महत्व बारे परसु बिराट राई, वाम्बुले बाँसुरी, बाँसुरीका भाकाहरु र बिनायो बारे गणेश वाम्बुले राई र जीवन वाम्बुले राईले प्रस्तुती दिने जनाइएको छ । 

कार्यक्रमको विभिन्न सत्रमा जीतपाल किरात, प्रा. डा. गोबिन्द तुम्बाहाङ, पुर्वमन्त्री गोपाल किराती, हेमराज राई, डा. केके राई, जीवन हाताचो राई, कैलास राई, नवीन सुब्बा, राजन मुकारुङ, दयाहाङ राई र प्रणिका कोयू लगायतले वक्तव्य दिनेछन् । यस्तै, बुङवाखाका सम्पादक पदम राई र सितिमीका सम्पादक तिलक चाम्लिङले मातृभाषा पत्रिका प्रकाशन सञ्चालन बारे अनुभव सेयर गर्ने परिषदले जनाएको छ । 

परिषदले २०७५ सालमा पहिलो र २०७७ सालमा दोश्रो भर्चुअल सङ्गोष्ठी गरेको थियो । २०४९ सालमा गठन गरिएको भाषा तथा साहित्य परिषद्लाई २०६७ सालमा किरात राई प्रज्ञा परिषद्मा रूपान्तरण गरिएको हो । परिषद्ले किरातजन्य विविध विषयमा बहस, छलफलको कार्यक्रम गर्दै आइरहेको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।