पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफनलाई

कास्की, ६ फागुन (रासस) :सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जित्नुभएको छ । पोखरामा आज सम्पन्न म्याराथन (४२.१९५) किमी दौड स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेन्डमा पूरा गरी उपाधि जित्नुभएको हो । उहाँ १६औँ संस्करणको समेत विजेता हुनुहुन्छ ।

अघिल्लो पटक निर्धारित दूरी स्टेफनले दुई घण्टा १९ मिनेट ४३ सेकेन्डमा पार गर्नुभएको थियो । उपाधिसँगै उहाँले रू पाँच लाख पुरस्कार पाउनुभयो । उपाधि विजेता स्टफेनले पोखरा अत्यन्त सुन्दर सहर भएको भन्दै गत वर्षको तुलनामा पुरस्कार राशिसमेत धेरै भएकामा आफू हर्षित भएको प्रतिक्रिया दिनुभयो ।

यसैगरी केन्याकै धावक जुलियस मोरियकी दुई घण्टा २० मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो हुनुभयो । उहाँले रू तीन लाख पुरस्कार प्राप्त गर्नुभयो । यस्तै नेपाली सेनाका धावक होमलाल श्रेष्ठ तृतीय हुनुभयो । उहाँले रू दुई लाख पुरस्कार पाउनुभयो । श्रेष्ठले निर्धारित दूरी दुई घण्टा २५ मिनेट १४ सेकेन्डमा पार गर्नुभएको थियो । केन्याकै सिमोन म्याराथनमा चौथो बन्दै रू ३० हजार पुरस्कार पाउनुभएको छ । उक्त म्याराथनमा १६ देशका २९ विदेशीसहित दुई सयभन्दा बढी धावकले प्रतिस्पर्धा गरेका थिए ।

हाफ म्याराथनमा पुलिसका राजपुराको ह्याट्रिक

यसैगरी पोखरा म्याराथनअन्तर्गतको महिला हाफ म्याराथनको उपाधि नेपाल प्रहरीका राजपुरा पछाईले जित्नुभएको छ । योसँगै उहाँले पोखरा हाफ म्याराथन उपाधिमा ह्याट्रिक गर्नुभएको छ ।

राजपुराले निर्धारित २१ किमी दूरी एक घण्टा २१ मिनेट ११ सेकेन्डमा पूरा गर्दैै च्याम्पियन बनेर रू एक लाख ५० हजार पुरस्कार पाउनुभयो । उहाँले यसअघि २०७७ र २०७८ सालमा समेत उपाधि आफ्नो पोल्टामा पार्नुभएको थियो ।

यस्तै सशस्त्र प्रहरीको एपिएफ क्लबकी वृन्दा श्रेष्ठले द्वितीय हुँदै रू एक लाख पुरस्कार पाउनुभयो । उहाँले निर्धारित दौड एक घण्टा २६ मिनेट २८ सेकेन्डमा पूरा गर्नुभयो । सेनाकी पूर्णलक्ष्मी न्यौपानेले एक घण्टा २६ मिनेट ४९ सेकेन्डमा दौड पूरा गरी तृतीय बन्दै रू ७५ हजार पुरस्कार प्राप्त गर्नुभयो । नेपाल पुलिसका रेखा विष्टले एक घण्टा ३२ मिनेट चार सेकेन्डमा हाफ म्याराथन सम्पन्न गरी चौथो बन्नुभयो । उहाँले रू १५ हजार पुरस्कार पाउनुभयो ।

यसैगरी, १० किमी महिला दौडमा सशस्त्र प्रहरीकी आशा राउतले उपाधि जित्नुभयो । उहाँले निर्धारित दूरी ५० मिनेट १२ सेकेन्डमा पूरा गर्नुभयो । नेपाल प्रहरीकी वृष्मा कुमाल द्वितीय र नेपाली सेनाकी कल्पना खड्का तृतीय हुनुभयो ।

पुरुष १० किमी दौडमा नेपाली सेनाका सञ्जय श्रेष्ठ प्रथम, सेनाकै सुवास कार्की द्वितीय र पाँचथरका दीपक सुहाङ तृतीय हुनुभयो । महिला तथा पुरुष १० किमीको दौडका प्रथम, द्वितीय र तृतीयले समान क्रमश ः रू ३० हजार, रू २० हजार र रू १५ हजार पुरस्कार पाउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गर्नुभएको थियो । मुख्यमन्त्री अधिकारीले समेत पाँच किमी दौड पूरा गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।