डीआईजी अशोक सिंहले दिए राजीनामा
काठमाडौं, १० फागुन । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले पदबाट राजीनामा दिएका छन् ।
सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत रहेका उनले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् ।
आउँदो चैत ११ पछि नियुक्त हुने प्रहरी महानिरीक्षकको दाबेदारीको रुपमा रहेका सिंहले राजीनामा दिएसँगै अब महानिरीक्षकको दौडमा डीआईजी टेकप्रसाद राई, वसन्त कुँवर, दीपक थापा देखिनेछन् ।
पारदर्शी भएर प्रदेश सरकारले काम गर्छ ः मुख्यमन्त्री जम्मट्टेल
हेटौँडा, १० फागुन(रासस) :वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले जनउत्तरदायी र पारदर्शीतामा आधारित भएर काम गर्दै जनतालाई सूचनाको हकको पहुँच बढाउने बताउनुभएको छ ।
राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘प्रदेशस्तरीय खुला शासन राष्ट्रिय विचार गोष्ठी’मा उहाँले राजनीतिक अवस्थाले शासन प्रणालीको निक्क्र्याैल गर्ने बताउनुभयो । उहाँले सरकारले आफ्नो कार्यशैली परिवर्तन गर्ने अवस्था रहेको जनाउनुभयो । सरकारले जुन समुदायका लागि काम गर्न लागेको छ उक्त समुदायको सहभागितामा काम गर्नुपर्ने उहाँको भनाइ छ ।
सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सुशासन र पारदर्शीतामा काम गरिरहेको जनाउँदै जनताले सरकारको निगरानी राख्न पनि सूचनाको हक आवश्यक रहेको बताउनुभयो । व्यवस्था नै परिवर्तन भइसक्दा पनि प्रदेशमा सूचनाका लागि पुरानो प्रणाली प्रयोग गर्नु परेको उल्लेख गर्दै आयुक्त मैनालीले अब भने नयाँ कानुन निर्माण गर्न सरकारसमक्ष मागसमेत गर्नुभयो ।—


