पहिलो संस्करणको स्वर्ण जयन्ती जेसीज बिराटनगर रन सम्पन्न

बिराटनगर । बिराटनगर जेसीज ५० बर्ष पुगेको शुभ अवसरमा आयोजित स्वर्ण जयन्ती जेसीज सप्ताह अन्तरगतको जेसीज बिराटनगर रन कार्यक्रम सफलताको साथ सम्पन्न भएको छ ।

बिराटनगर तिनपैनी बाट सुरु भएको रन कार्यक्रम जिल्ला प्रशासन कार्यालय गोल्छा चोक हुँदै पुन तीनपैनी मा आएर सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदि , प्रदेश सभा सदस्य अमृत अर्याल , गयानन्द मण्डल , प्रमुख जिल्ला अधिकारी तिर्थ राज भट्टराई , मोरङ जिल्ला एस पि दिपक पोखरेल , उधोग परिसङ्घ प्रदेश नम्बर १ अध्यक्ष भिम घिमिरे , लायन्सका नेता राजन खत्री , लिला ढुङ्गेल लगायत समाज का विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

समाज संग जेसीज जोड्ने अभियान स्वरुप कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक प्रवेश दुलाल ले बताए ।

स्वर्ण जयन्ती समारोह समितीका संयोजक गोपाल गुप्ताले ५० बर्ष पुगेको सुखद अवसरमा आयोजना गरिएको स्वर्ण जयन्ती सप्ताह अन्तरगत को कार्यक्रमले सबै क्षेत्रलाई समेट्ने गरि विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने र सो को पहिलो कार्यक्रम बिराटनगर रन भएको बताउनु भयो ।

जेसीज सप्ताह मुख्य कार्यक्रम संयोजक तुलसी निरौलाले बिराटनगर रनलाई एतिहासिक ५० बर्षको कार्यक्रममा जोड्नु बारे प्रकाश पार्दै आगामी वर्ष देखि अझ बृहत् रुपमा रन लाई अघि बढाउने र कोशी प्रदेश को प्रतिष्ठित कार्यक्रम बनाउने तर्फ अघि बढ्ने बताउनु भयो ।

कार्यक्रमका बिशिस्ट अतिथी नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवाणीले ५० बर्ष पुगेको बिराटनगर जेसीजले यस किसिमको भब्य कार्यक्रमको आयोजना गर्नु आफै मा एउटा उत्साह पुर्ण कार्य भएको र सो कार्यलाई सघाउदै स्टडी स्क्वायर एजुकेशन एड्भाइजर प्रायोजकका रुपमा जोडिनुले पनि कार्यक्रमको भब्यता महसुस आफुले गरेको बताउनु भयो ।

प्रमुख अतिथी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले खेलको माध्यमबाट युवाहरूलाई जोड्दै स्वस्थ समाज निर्माणमा अघि बढेको मा जेसीज धन्यवादको पात्र भएको र देश भरी १८ देखि ४० बर्ष सम्मका उर्जावान युवाहरु जोडिएको एउटा नेतृत्वदायी संस्थाका रुपमा जेसीजलाई आफू ले नियाली रहेको बताउदै आगामि दिनमा जेसीज संग सहकार्य गर्दै अघि बढ्न आफू तयार रहेको बताउनु भयो ।

बिराटनगर जेसीजका अध्यक्ष अभिनास थापाले ५० बर्षको गरिमा बोकेको जेसीजको अध्यक्षका रुपमा रहदै गर्दा बिराटनगर रन लाई स्वास्थका लागि दौड भन्ने नाराका साथ अघि बढाइएको र आगामी दिनमा अझ बढी भब्य र बिराटनगरको सबै भन्दा ठुलो इभेन्टका रुपमा यो कार्यक्रमलाई अघि बढाउन आफ्नो टिम लागेको बताउदै कार्यक्रममा व्यापक उपस्थिति प्रती सबैलाई धन्यवाद ब्यक्त गर्नु भयो ।

उक्त प्रतियोगितामा बिराटनगर तथा बिराटनगर बाहिर देखि समेत खेलाडीहरुको सहभागिता रहेको थियो । ४६१ जना सहभागी मध्ये पुरुष तर्फ ओसन राई प्रथम ,अमर यादव दोश्रो ,राहुल रोय तेस्रो ,सन्तोष चौथो ,अमित बहरदार पाचौं र बिपिन चौधरी छैंठो भएका थिए भने महिला तर्फ अंशु मण्डल प्रथम ,अमृता राजबन्शी दोश्रो र समिक्षा डंगोल तेस्रो भएका थिए ।

प्रतियोगितामा बिजयी खेलाडीहरुलाइ स्टडी स्क्वायर एजुकेसन एड्भाइजरका तर्फ बाट प्रायोजन गरिएको नगद पुरस्कार तथा गिफ्ट ह्याम्पर र व्हाइट हाउस थकाली किचेन र रोयल बिर्यानीका तर्फ बाट फुड कुपन प्रदान गरिएको थियो ।

सप्ताह अन्तर्गत दोश्रो दिनको कार्यक्रम बिराटनगर १४ स्थित बाल मा बि मा स्टेशनरी तथा व्हाइट बोर्ड प्रदान गर्ने कार्यक्रम रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।