पाख्रिवास नगरपालिकाले जित्यो शिक्षक तथा कर्मचारी बिचको भलिवल प्रतियोगिताको उपाधि

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा हिजो बाट सुरु भएको धनकुटा जिल्लाका स्थानियतहमा रहेका सामुदायीक विद्यालयका शिक्षक तथा कर्मचारीहरु बिच भलिवल प्रतियोगिताको उपाधी पाख्रिवास नगरपालिकाले जितेको छ ।

गाउँपालिकाको शिक्षा शाखाको समन्वय तथा छथरजोरपाटी गाउँपालिका भित्र रहेका सामुदायीक विद्यालयका शिक्षक तथा कर्मचारी सहकार्यमा भएको प्रतियोगिताको उपाधी पाख्रिवास नगरपालिकाले जितेको हो आज भएको फाइनल खेलमा पाख्रिवासले शहिदभूमी गाउँपालिका लाई २५—१७, २५—१९, २१ —२५ र २५—२२ को सेटमा पराजित गर्दै उपाधी जितेको हो खेल समिती सदस्य पृथ पौडेलले जानकारी दिनु भयो ।

प्रतियोगितामा आयोजक पालिकाका २ टोली र अन्य ६ स्थानिय तहका ६ टोली विच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो हुने टोलीले नगद ३० हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पोखरा आउने पर्यटकको बसाइँ लम्बाउन पहल
म्याग्दी, २५ फागुन (रासस) :
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)द्वारा आयोजित पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बुधबार बेनीमा आयोजित कार्यक्रमका वक्ताले पोखरा आउने पर्यटकको बसाइँ लम्ब्याउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले म्याग्दीका सम्भावनालाईसमेत उजागर गर्नुपर्ने बताए ।

एक सय १३औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन प्रर्वद्धन कार्यक्रम लिएर पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) पोखराको टोली बुधबार म्याग्दीको बेनी आइपुगेको हो । जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले विगतमा भारतदेखि आएर म्याग्दीका तामाखानीबाट तामा लगेको इतिहास स्मरण गर्दै ती साधनस्रोतको उपयोग गर्नेतर्फ ध्यान नपुगेको बताउनुभयो । म्याग्दीका छन्त्याल जातिले तामा उत्खननमा विज्ञता हासिल गरेको उहाँले बताउनुभयो ।

बहुमूल्य बनस्पतिका लागि पनि म्याग्दी प्रख्यात रहेको उल्लेख गर्दै मुल्मीले अल्लोका साथै जापानी रुपैयाँ बनाउनका लागि प्रयोग गरिने अँगेरे म्याग्दीका विभिन्न स्थानमा पाइने बताउनुभयो । समाजमा आर्थिक रुपान्तरणका लागि लाग्नु जरुरी रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आर्थिक क्षमता अभिवृद्धि गर्नेतर्फ उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

टेवानका अध्यक्ष कमला गिरीले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा म्याग्दीको विकास गर्नुपर्ने बताउनुभयो । पर्यटनलगायतका क्षेत्रमा क्रियाशील महिलाको क्षमता अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्दै उहाँले उद्यमशीलताका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । म्याग्दी तथा मुस्ताङका व्यवसायी युवा तथा महिलाको क्षमता अभिवृद्धि कार्यक्रमसहित टेवानले यस क्षेत्रमा प्रवद्र्धन कार्यक्रम गर्न लागेको उहाँले बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले पोखरासँग म्याग्दीको पर्यटकीय सम्बन्ध जोड्नुपर्ने बताउनुभयो । भएका पूर्वाधारको विकाससँगै प्रवद्र्धन र पर्यटन लक्षित कार्यक्रमलाई जोड दिँदै यहाँका स्थानीयको आयआर्जन बढाउनेतर्फ लाग्नु जरुरी रहेको उहाँको भनाइ थियो । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेकाले म्याग्दी र मुस्ताङमा उत्पादन हुने आलु, स्याउ, सुन्तला, टिमुर, अल्लोका कपडा, फापरलगायतको अन्तर्राष्ट्रिय बजारीकरण आवश्यक छ”, उहाँले भन्नुभयो ।

टेवानको कार्यक्रमअन्तर्गत युवा तथा महिला उद्यमीलाई लक्षित गरी जोमसोम, ठिनी, उपल्लो मुस्ताङस्थित लोमन्थाङमा क्षमता अभिवृद्धि तालिम एवं अन्तक्र्रिया गर्दै नेपाल र चीनबीचको सीमा कोरला नाकासम्मको प्रवद्र्धन गरिने कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले जानकारी दिनुभयो । पोखरा घुम्न आउने पर्यटकको बसाइँ लम्बाउन म्याग्दी र मुस्ताङका गन्तब्य पहिचान गर्न पहल गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपप्रमुख ज्योती लामिछानेले मुस्ताङ जान आउने पर्यटकको बेनीमा बसाइँ लम्बाउन बेनीकोत, लभ्लीहिल, पछै, जगन्नाथ, ज्यामरुककोट, रत्नेचौर, गलेश्वर, देवशिला उत्खनन् स्थल, तातोपानी कुण्डलगायत गन्तव्यको विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖