म घोत्लिरहेछु

कविता

सोनाम सज्जन किराँती

म घोत्लिरहेछु

न डस न हो कोब्राहरु
भालु स्यालका नङ्ग्रा देखाएर नकोतर न
जतिसुकै चिथोर्न खोजे पनि
अब तिमीलाई हाम्रो समाजले
छेपारा मलस्याप्रा
घोषित गरिसकेको छ
आदि ईत्यादीले अब हामीलाई छुने हाेईन
धोकेबाजको चतुर्‍याइँले हामीलाई छेक्ने छैन


भिडबाट बुलन्द आवज हाेईन
भयङ्कर आगाेका लप्काहरु निस्किरहेछ
र विराटनगरको बिराट
बिरामी सरकारको
कार्यलयतिर सोझिरहेछ
यो गर्मी मौसममा सल्कदै
कतिखेर जोगबनी कलकत्ता कट्छ
थाहा छ कि छैन

जसको निर्देशनमा यो भईरहेछ
हामी सल्कदै फेद सम्मै पुग्न चाहान्छौं
र जलाएर खरानी बनाउने छौं

र यो खडेरीको मौकामा जसरी
पहिचानवाला आगो डुलिरहेछ
हावाहरुले साथ दिईरहेछ
घामको तापले सुकौरो बनाउन साथ निभाईरहेछ
त्यो ज्वाला सप्तकोशीको पानीले निभाउने छैन
रातारात बनेको भनिएका एक अञ्जुली
समुन्द्रहरुले भ्याउने छैन
र अनन्त सभ्यताको प्रगतिमा रोकावट
कुनै पनि हालतमा आउने छैन

आगो जुन आशनबाट निस्किन्छ
उ संग खेलाची नठान
अपत्यारिलो हुन्छ तर
पत्थरहरु भित्र भित्र सम्म बाँचीरहेको हुन्छ

आगो ढुङ्गाको नशा हो
फोक्सो, कलेजो,मुटु हो
नशा नशा भएर उसको रक्त संचार हुन्छ
आम मस्तिष्क आगोबाटै बन्छ
र जस्तैः ठण्डाहरुले मार्न सक्दैन

मानिसको चेतना त्यस्तै हो
त्यो ढुंगा पन्छाए जस्तो हुदैन
ढुङ्गा भित्रको आगो
पटक्क निभ्दैन
यसर्थ भिडबाट आवज हैन
आगो निस्किरहेछ
बीभत्स बिभाजन गर्न खोजिएको सभ्याता बोकेर
पहिचानको हत्केलाले
त्यही ढुङ्गाहरु रगटीरहेछ

ओ शाषक तिम्रो त्यो अध्यारो कुत्सित
मनोसायको सिकार
हाम्रा आवजहरुलाई बनाउन नखोज
यस्तो अबस्था बारे अझ गम्भीर भएर
सोच्न बाध्य नपारियोस् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।