अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपमा आठ टोली सहभागी

टक्सार (भोजपुर), २ चैत (रासस) : यही चैत १० देखि भोजपुरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपमा नेपालसहित बाहिरी दुई टोली सहभागी हुने भएका छन् ।

प्रत्येक वर्ष सञ्चालन हुने जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालका अनुसार प्रतियोगितामा नेपालभित्रका छ र बाहिरी दुई टिमको सहभागिता हुनेछ । जसमा युकेएफसी भारत र एभिनियर फुटबल क्लब क्यामरुन बहिरी टिमले सहभागिता जनाउनेछन् भने भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र बसाहा क्लब उदयपुर नेपाली टिम हुनेछन् ।

अध्यक्ष सुवालले भन्नुभयो, “विगतमा सञ्चालन भएको प्रतियोगिता जिल्लाकै प्रतिष्ठा भएकाले यसलाई तोकिएको समयमा नै सञ्चालन गर्नका लागि सबैको सहयोगको अपेक्षा पनि गरेका छौँ ।” सर्वाधिक राशिको प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु पाँच लाख पाउने भने उपविजेताले रु तीन लाख प्राप्त गर्नेछ

प्रतियोगिता सञ्चालनका लागि करिब रु ३२ लाख खर्च लाग्ने अनुमान गरिएको छ । भोेजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिता सञ्चालनका लागि विभिन्न निकायसँग सहयोगका लागि समन्वयसमेत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी र प्रचारप्रसारको काम सुरु गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि सबै पक्षसँग आयोजक पक्षले सहयोगको अपेक्षासमेत गरेको भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष सुवालले बताउनुभयो ।
—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖