धनकुटामा कोशी प्रदेश स्तरिय खुल्ला तथा दोस्रो धनकुटा कप व्याडमिन्टन प्रतियोगिता हुने
धनकुटा,३ चैत । धनकुटा जिल्ला व्याडमिन्टन संघको आयोजनामा धनकुटामा चैत ८ गते देखि ११ गते सम्म कोशी प्रदेश स्तरिय खुल्ला तथा दोस्रो धनकुटा कप आयोजना हुने भएको छ ।
आयोजक संस्था धनकुटा जिल्ला व्याडमिन्टन संघले धनकुटामा आज पत्रकार संमेलन गर्दे यस्तो जानकारी दिएको हो । प्रतियोगितामा सबै इभेन्टस गरी १ सय ८० टोली प्रतियोगितामा सहभागि हुने आयोजकले संस्थाका अध्यक्ष यज्ञश्वर श्रेष्ठले जानकारी दिनु भयो ।
प्रतियोगितामा प्रदेश खुल्ला मेन्स सिङ्गगस तर्फ प्रथम हुने लाई २० हजार दोस्रो हुने लाई १२ हजार र तेस्रो हुने लाई ४÷४ हजार नगद मेडल, ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रदेश खुल्ला ओमन सिङ्गगस तर्फ प्रथम हुने लाई २० हजार दोस्रो हुने लाई १२ हजार र तेस्रो हुने लाई ४÷४ हजार नगद मेडल, ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्ने छन् ।
मेन्स डबल तर्फ प्रथम हुने लाई ३० हजार दोस्रो हुने लाई २० हजार र तेस्रो हुने लाई ५÷५ हजार नगद मेडल, प्रमाण पत्र प्राप्त गर्ने छन् त्यस्तै मिक्स डबल तर्फ प्रथम हुने लाई ३० हजार दोस्रो हुने लाई २० हजार र तेस्रो हुने लाई ५÷५ हजार नगद मेडल, प्रमाण पत्र प्राप्त गर्ने छन् । खुल्ला नेपाल भेट्रान्स ४५ बर्ष माथी प्रथम हसने लाई २५ हजार नगद दोस्रो हुने लाई १५ हजार नगद र तेस्रो हुने लाई लाई ५÷५ हजार नगद प्राप्त गर्ने छन् ।
त्यस्तै खुला नेपाल सुपर भेट्रान्स ५५ बर्ष माथी प्रगम हुने लार्य २५ हजार दोस्रो हुने लाई १५ हजार र तेस्रो हुने लाई लाई ५÷५ हजार नगद प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । खेल सम्पन्न गर्नका लागि करिब १६ लाख लागने अयोजकले जनाएको छ ।


