कोशी प्रदेश स्तरीय तथा खुल्ला दोस्रो धनकुटा कप ब्याडमिन्टन प्रतियोगिता शुरु
धनकुटा,८ चैत । धनकुटामा बुधबारबाट “कोशी प्रदेश स्तरीय तथा खुल्ला दोस्रो धनकुटा कप” ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । धनकुटा जिल्ला ब्याडमिन्टन संघको आयोजनामा शुरु भएको प्रतियोगिता ११ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रदेश खुल्ला मेन्स सिङ्गल्स, खुल्ला ओमन सिङ्गल्स,मेन्स डबल,मिक्स डबल, खुल्ला नेपाल भेट्रान्स र खुल्ला नेपाल सुपर नेपाल भेट्रान्स गरि ६ वटा इभेन्टमा खेल भईरहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रदेश खुल्ला मेन्स सिङ्गल्स र खुल्ला ओमन सिङ्गल्समा प्रथम हुनेले २० हजार, दोस्रोले १२ हजार र तेस्रोले ४÷४ हजार पुरस्कार मेडल ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । त्यस्तै मेन्स डबल र मिक्स डबलमा प्रथम हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले ५÷५ हजार पुरस्कार, मेडल ट्रफी र प्रमाणपत्र पाउने जनाइएको छ ।
खुल्ला नेपाल भेट्रान्स ४५ वर्ष माथि र खुल्ला नेपाल सुपर नेपाल भेट्रान्स ५५ वर्ष माथि प्रथम हुनेले २५ हजार , दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ५÷५ हजार पुरस्कार, मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने धनकुटा जिल्ला ब्याडमिन्टन संघकाका अध्यक्ष यज्ञश्वर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको उत्घाटन पूर्वमन्त्री राजेन्द्र कुमार राईले गर्नु भएको थियो ।





