भीमनारायण गोल्डकपको १५ औं संस्करण बैशाखमा हुने

धनकुटा,१३ चैत । भीमनारायण गोल्डकपको १५ औं संस्करण प्रतियोगिता २०८० साल बैशाख १७ देखि २३ गतेसम्म सञ्चालन गरिने भएको छ । गोल्डकप आयोजक समितिको बैठकले बैशाख १७ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

२०६३ सालयता बर्षेनी गोल्डकप सञ्चालन भइरहेपनि २०७६ यता प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । कोरोना महामारीका कारण स्थगन भएको बताइएको प्रतियोगिता तीन बर्षपछि पुनः सञ्चालन गर्न लागिएको हो । आयोजक समितिले प्रतियोगिताको पुरस्कार राशि पनि बढाउँने निर्णय गरेको छ । यस पटकको विजेताले ७ लाख र उप विजेताले ३ लाख ५० हजार पाउँने मुल आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए ।

‘पहिले विजेतालाई ५ लाख र उपविजेतालाई २ लाख ५० हजार दिएका थियौं,’ संयोजक प्रधानले भने, ‘प्रतियोगितामा थप आकर्षण बढाउँन यसपटक पुरस्कार राशि बढाएर ७ लाख पुर्याएका छौं ।’प्रतियोगिता सञ्चालनका लागि नौं वटा उपसमिति पनि निर्माण गरिएको छ ।

शम्भु प्रधानको संयोजकत्वमा आर्थिक संकलन, गोविन्द राईको संयोजकत्वमा फिल्ड व्यवस्थापन, विनय राईको संयोजकत्वमा मञ्च तथा अतिथि स्वागत, विदुर खवासको संयोजकत्वमा प्रचार प्रसार तथा मिडिया व्यवस्थापन र रुपेश श्रेष्ठको संयोजकत्वमा स्वयंसेवक तथा गेट व्यवस्थापन उपसमिति निर्माण गरिएको छ ।

त्यस्तै, नविन किशोर शाक्यको संयोजकत्वमा सुरक्षा व्यवस्थापन, शुक्र लिम्बुको संयोजकत्वमा स्वास्थ्य उपचार, रामबहादुर श्रेष्ठको संयोजकत्वमा कार्यक्रम तयारी, शिशिर श्रेष्ठको संयोजकत्वमा सचिवालय सञ्चालन र सुमन श्रेष्ठको संयोजकत्वमा टिम व्यवस्थापन उपसमिति निर्माण गरेर तयारी थालिएको प्रचार प्रसार तथा मिडिया व्यवस्थापन समितीका संयोजक विदुर खवासले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।