धनकुटाको हिलेमा १६ औं आमन्त्रित कोशी प्रदेश जिल्ला स्तरिय पुरुष भलिवल प्रतियोगिता शुरु

धनकुटा । हिले भलिवल क्लवको आयोजनामा आजबाट हिलेमा १६ औं आमन्त्रित कोशी प्रदेश जिल्ला स्तरिय पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ ।

प्रत्येक वर्ष राम नवमीको अवसरमा आयोजना गरिदै आएको प्रतियोगिताको उद्घाटन खेल संखुवासभा र धनकुटा बीच भएको छ । यी दुई समूह बीचको खेलमा २५-१७, २५-१६, १९-२५ र २५-२२ सेटमा संखुवासभा विजयी भएको छ । त्यस्तै भोजपुर र मोरङ बीचको दोश्रो खेलमा २५-२२,२५-१९ र २५-२१ को सेटमा भोजपुरले जितेको छ ।

प्रतियोगिताको उद्घाटन आयोजक क्लवका अध्यक्ष सञ्जिद कुमार तामाङको अध्यक्षतामा भएको एक कार्यक्रमको बीच धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष तथा प्रमुख अतिथि ओङदा थिङ तामाङले गर्नुभएको थियो । कोशी प्रदेश अन्र्तगतका विभिन्न ८ जिल्लाका खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगिताको विजयी प्रथम टोलिले नगद १ लाख सहित रामनवमीकप,मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ ।

दोश्रो हुनेले नगद ५० हजार सहित कप,मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेश्रो हुनेले नगद २५ हजार सहित कप मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा विशेष अतिथि नेपाल भलिवल रेफ्री संघ कोशी प्रदेश अध्यक्ष विनय राई,जिल्ला भलिव संघका अध्यक्ष गौरव कार्की,जिल्ला भलिवल संघ भोजपुरका दिलिप राई लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती थियो । भोलिको खेल विहान साढे ९ बजे शुरु हुने आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।