‘प्रथम इलाम–माईपोखरी म्याराथन’ प्रतियोगिता हुँदै

मङ्गलबारे, १५ चैत (रासस) : आगामी बैशाखमा इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दूल गण इलामको संयुक्त आयोजनामा ‘प्रथम इलाम–माईपोखरी म्याराथन’ हुने भएको छ ।

‘खेलकुदको विकास, स्वास्थ्यकर जीवनः पर्यटन प्रवद्र्धनमा इलामको आह्वान’ भन्ने नारासहित प्रतियोगिता हुने भएको हो । नयाँ वर्षमा नयाँ सोचसँगै पर्यटक भित्र्याउने उद्देश्यले प्रतियोगिता आयेजना गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो ।उहाँले स्वास्थ्य जीवनयापनका लागि खेलकुद आवश्यक रहेको भन्दै यस्ता प्रतियोगिता स्वास्थ्यका लागि उपयोगी हुने बताउनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ दौड ४२ दशमलव २ किलोमिटर रहनेछ । यसका लागि इलाम नगरपालिका–१० गोदकको मेची राजमार्गस्थित नारायण चोक–माईखोला–इलाम बजार–बिब्ल्याँटे–धारापानी–माईपोखरी–सात हुँदै खाल्डे मैदानसम्मको रुट तय गरिएको छ । महिलातर्फ हाफ म्याराथनअन्तर्गत २१ दशमलव १ किलोमिटरदौड हुने आयोजकले जनाएको छ । दौड रुट इलाम बजार–बिब्लियाटे–धारापानी– माईपोखरी हुँदै सात खाल्डेसम्म तय गरिएको छ ।

म्याराथनमा नेपालका विभिन्न क्षेत्रका खेलाडिसहित भारतीय धावकसमेत सहभागी हुने अपेक्षा लिइएको छ । पुरुषतर्फ पहिलो हुनेलाई रू दुई लाख ५० हजार र महिलातर्फ पहिलो हुनेलाई रू एक लाख पुरस्कार प्रदान गरिनेछ । दुवै समूहतर्फ १०औँ स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई समेत नगद पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।