धनकुटाको हिलेमा जारी १६ औं आमन्त्रित कोशी प्रदेश जिल्ला स्तरिय पुरुष भलिवल प्रतियोगिताको फाईनलमा झापा र भोजपुर

धनकुटा । हिले भलिवल क्लवको आयोजनामा हिलेमा जारी १६ औं आमन्त्रित कोशी प्रदेश जिल्ला स्तरिय पुरुष भलिवल प्रतियोगिताको फाईनलमा झापा र भोजपुर प्रवेश गरेका छन् ।

आज संखुवासभा सँग सेमिफाईनलमा भिडेको झापाले २५-१२, २५-१७, २५-२३ को सेटमा जित निकाल्दै फाईनलमा प्रवेश गरेको हो । त्यस्तै सुनसरी सँग भिडेको भोजपुरले २५-२२, २४-२६, २५-२० र २५-२० को सेटमा जित निकालेको हो ।

प्रतियोगिता अन्र्तगत तेश्रो स्थानका लागि भोलि संखुवासभा र सुनसरी भिडेने रेफ्री अमृत राईले जानकारी दिनुभयो । कोशी प्रदेश अन्र्तगतका विभिन्न ८ जिल्लाका खेलाडीहरुले सहभागिता जनाएको प्रतियोगिताको विजयी प्रथम टोलिले नगद १ लाख सहित रामनवमीकप,मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ ।

दोश्रो हुनेले नगद ५० हजार सहित कप,मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेश्रो हुनेले नगद २५ हजार सहित कप मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।