धनकुटाको हिलेमा सञ्चालित १६ औं आमन्त्रित कोशी प्रदेश जिल्ला स्तरिय पुरुष भलिवल प्रतियोगिताको उपाधि झापालाई
धनकुटा । हिले भलिवल क्लबको आयोजनामा धनकुटाको हिलेमा सञ्चालित १६ औं आमन्त्रित कोशी प्रदेश जिल्ला स्तरिय पुरुष भलिवल प्रतियोगिताको उपाधि झापाले उचालेको छ । प्रतियोगिताको फाईनलमा आज भोजपुर सँग भिडेको उस्ले २१–२५ २५–२०, २५–२१ र २५–२१ को सेटमा उपाधि उचालेको हो ।
जितसँगै झापाले नगद १ लाख सहित रामनवमीकप,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भोजपुरले नगद ५० हजार सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तेश्रो स्थान हाँसिल गरेको संखुवासभाले नगद २५ हजार सहित कप मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको आयोजक क्लवका अध्यक्ष सञ्जिद कुमार तामाङले जानकारी दिनुभयो ।
प्रतियोगिताका सर्वोत्कृष्ठ खेलाडी बन्न सफल झापाका भरत यादलाई नगर ३ हजार,वेष्ट स्टाईकर भोजपुरका राजकुमार तामाङ,वेष्ट डिफेन्स भोजपुरकै सन्तोष राई र वेष्ट ब्लकर झापाका रोहित शिवाकोटीलाई २-२ हजार नगद पुरस्कार प्रदान गरिएको राष्ट्रिय रेफ्रि एबम् कोशी प्रदेश भलिवल संघका अध्यक्ष विनय राईले जानकारी दिनुभयो ।
प्रतियोगितामा कोशी प्रदेका ८ जिल्लाका खेलाडीहरुले सहभागिता जनाएका थिए ।


