इलाम साहित्य महोत्सव हुने

मङ्गलबारे, १७ चैत (रासस) : इलामको सदरमुकाममा आगामी चैत २६ र २७ गते इलाम साहित्य महोत्सव हुने भएको छ । ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नेपाल र भारतका साहित्यकारको उपस्थिति रहने आयोजकले जनाएको छ ।

इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवमा साहित्य क्षेत्र, रङ्गकर्मीका साथै राजनीतिक क्षेत्रका व्यक्तित्व सहभागी हुनेछन् ।

कला र साहित्यसँगै पर्यटनलाई जोडेर महोत्सव आयोजना गर्न लागिएको साहित्य समाजका अध्यक्ष सुरेन्द्रकुमार राईले बताउनुभयो । जिल्ला बाहिरबाट मात्रै एक सय ६० बढी साहित्यकारलाई निमन्त्रणा गरिएको उहाँले जानकारी दिनुभयो । साहित्य रुची भएका मानिसलाई सहभागिताका लागि अनुरोध गरिएको नगर साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको भनाइ छ । उहाँका अनुसार महोत्सवमा सात्यिकार, कुलपति भुपाल राई, यस क्षेत्रका सांसद तथा रङ्गकर्मीको उपस्थिति रहने छ ।

साहित्यप्रति युवाहरुको आकर्षण बढाउन साहित्य महोत्सवले मद्दत पुग्ने बताइएको छ । रू १८ लाख खर्च लाग्ने अनुमान गरिएको उक्त महोत्सवलाई नेपाल प्रज्ञा प्रतिष्ठानले समेत सहयोग गर्ने बताइएको छ ।

महोत्सवमा कवितामा स्थानीय चेत, कला र आदिवासी सौन्दर्य चेतना, महाभाराबाट टिष्टासम्म, कस्तो सिनेमा, सफल कि सार्थक, समावेशी लेखन, नेपालको पर्यटनमा पूर्वेली भाषा, साहित्य र सत्ता, मातृभाषा साहित्यमा शिल्प चेतनालगायत विषयमा छलफल र बहस हुनेछ ।

‘कोशी प्रदेश कहिले बन्छ, एक नम्बर प्रदेश ?’ शीर्षकमा पत्रकार वसन्त बस्नेतले गुरुराज घिमिरे, प्रदीप ज्ञवाली र घनश्याम भुसालसँग बहस गर्ने कार्यक्रम तय भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।