१० दिन पछि चौबिसे रनिङ्ग फुटवल प्रतियोगिता
नारायण कुमार राई/धनकुटा १८ चैत्र । आउने २८ गतेबाट चौथो चौबिसे गाउँपालिका स्तरीय पुरुष तथा महिला रनिङ्ग फुटवल प्रतियोगीता शुरु हुनेभएको छ ।
बैसाख १ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगीताको पालिकाले शनिबार पत्रकार सम्मलेलन गरेर खेल तालिका सार्वजनिक गरेको छ ।
उक्त प्रतियोगितामा आठ वडाका महिला र पुरुषको १६ फुटवल टाली सहभागिता रहने पालिकाका खेलकुद बिकास समितिका अध्यक्ष धनबहादुर लिम्बूले जानकारी दिनुभयो ।
कार्यक्रमा गत बर्ष सम्म लगातार दोस्रो पटक पुरुष फुटवलमा बिजयी वडा नं.६ ले आफूले जितेको रनिङ्ग शिल्ड खेलकुद बिकास समितिलाई हस्तान्तरण गरेको छ ।
उक्त शिल्ड वडा अध्यक्ष आषिश लिम्बूले समितिलाई हस्तान्तरण गर्नुभएको थियो । महिला फुटवल भने गत बर्षबाट मात्र शुरु गरिएको समितिले जानकारी दिएको छ ।
कार्यक्रममा पालिका अध्यक्ष राजकुमार लिम्बूले वडाका खेलाडिहरुलाई सम्बन्धित वडा अध्यक्षहरु मार्फत् फुटबल हस्तान्तरण गर्नुभएको थियो ।
प्रतियोगीतामा बिजेता पुरुष टोलीले नगद ६० हजार र टङफी पाउनेछ भने महिला टोलीले नगद ३० हजार र टङफी पाउनेछ ।
त्यस्तै उप–बिजेता पुरुष टोलीले नगद ३० हजार र उप बिजेता महिला टोलीले २० हजार पाउने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा पालिकाकी उपाध्यक्ष टंकमायाँ पाङ्गमि(मगर),प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाल खेलकुद बिकास समिति सदस्यहरु,पालिका सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


