धनकुटामा जिल्ला स्तरिय सहकारी अन्तरक्रिया गोष्ठी सम्पन्न

धनकुटा,२९ चैत । उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशको आयोजनामा धनकुटामा सञ्चालन भएकोएक दिने जिल्ला स्तरीय सहकारी अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।

सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीकोे महत्वपूर्ण योगदान रहेको भन्दै आगामी दिनको मार्ग चित्र, योजना तथा बजेटले गर्नुपर्ने क्षेत्रहरु लगायतका सहकारीहरुको विकासमा छलफल भएको जनाइएको छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या,तिनको निराकरणका लागि सरोकारवालाको भुमिका तथा सहकारी कर्मीहरुले गर्नु पर्ने कर्तव्यको विषयमा छलफलभएको जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

छलफलमा सहभागिहरुले मानव विकास सूचांकमा सुधार ल्याउन पनि सहकारीले उल्लेख्य योगदान दिएको र सहकारी क्षेत्रले नेतृत्व विकासमा समेत टेवा पु¥याएको हुदा सरकारले यसलाई प्रमुख प्रथमिकतामा राख्नुपर्ने बताएका छन अन्तरक्रिय गोष्ठीमा मन्त्रालयका उपसचिव रामकृष्ण श्रेष्ठ र जिल्ला सहकारीका संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यो पनि…
कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन सक्दैन : सचिव शर्मा
काठमाडौँ, २९ फागुन (रासस) :कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले वर्तमान समयमा कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन नसक्ने स्पष्ट पार्नुभएको छ ।

कृषि मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खाद्य तथा कृषि सङ्गठन(एफएओ) र अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य एजेन्सी(युएसए आईडी)द्वारा संयुक्तरुपमा आयोजित ‘एग्रिटेक’ बैठकमा सचिव शर्माले विश्वव्यापी रुपमा डिजिटल विस्तारको परिपेक्षमा नेपालको कृषिक्षेत्र अछुतो रहन नसक्ने बताउनुभएको हो ।

सरकारले विभिन्न क्षेत्रमा प्रयोग गर्दै आएका डिजिटल नीति कृषि क्षेत्रमा पनि लागू गरेको र विस्तार हुँदै गएको उहाँको भनाइ छ । “करिब दश लाख किसान डिजिटल कृषिमा सूचीकृत भएका छन् । तीन तहबीच समन्वय गरी साना किसानको पहुँचका लागि मन्त्रालय प्रयासरत छ ।”

कुल ७३ प्रतिशत किसानले स्मार्ट फोनको प्रयोग गर्नु कृषि क्षेत्रको प्रवद्र्धनका लागि सुनौलो अवसर रहेकाले यसको प्रभावकारी ढङ्गले कार्यान्वयन गरी उत्पादकत्व वृद्धि गर्न सकिने उहाँले बताउनुभयो । किसानका मूल्य निर्धारण, बीउविजन, मल, अनुदान, वातावरणीय जोखिमलगायतका समस्यालाई डिजिलाइजेशनले न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ । यसको प्रभावकारी कार्यान्वयन गर्न तीन तहबीच सहकार्य र समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले किसानलाई इन्टरनेटको पहुँचमा विस्तार गरी उत्पादकत्व वुद्धि गर्नु आजको आवश्यकता रहको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि उत्पादनमा आत्मनिर्भर हुन नसकेको नैराश्यता हटाउन डिजिटलाइजेशले महत्वपूर्ण टेवा पु्याउँछ । किसानको पहुँचमा अभिवृद्धि गरी यसको विस्तार गर्नु आजको आवश्यकतो हो ।” डिजिटलाइजेशलने खाद्य सम्प्रभुताको जोखिमलाई न्यूनीकरणमा मद्दत गर्ने उहाँको भनाइ छ ।

कृषि मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले नेपालमा डिजिटलाइजेशनको विद्यमान अवस्थाबारे प्रस्तुत गर्दै किसानको सुचीकरणको विस्तारमा मन्त्रालय प्रयासरत रहेको जानकारी दिनुभयो ।

किसानको मुख्य समस्या उत्पादनको मूल्य निर्धारण रहेकाले प्रविधिमा आवद्ध गराई सही सूचना प्राप्त गराई समस्यामुक्त गर्न मन्त्रालयले पहल गरिरहेको उहाँले बताउनुभयो ।

खाद्य तथा कृषि सङ्गठन(एफएओ)का प्रतिनिधित्व केन सिमिजुले कृषिक्षेत्रमा युवाको सहभागिता आवश्यक रहेको बताउनुभयो । विश्वव्यापीरुपमा कृषिलाई प्रविधिमैत्री बनाउन युवाको ठूलो सहयोग हुने उहाँको भनाइ छ । मन्त्रालयले ‘एग्रिकल्चर फ्रेमवर्क’ कार्यान्वयनलाई प्रभावकारी गराउन विभिन्न सरोकारवाला पक्षबीच छलफल गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।