सङ्खुवासभामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन

किमाथाङ्का, ६ वैशाख (रासस) : कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ ।

खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजक तीन पोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईँले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुने दुई टोलीलाई रु १०÷१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

ब्याडमिन्टन प्रतियोगिता खाँदबारी–१ स्थित कभर्डहलमा सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।

होल्डिङ सेन्टरको विकल्प खोजिँदै
खजुरा, ६ वैशाख (रासस) :
कोभिड–१९ को महामारीका क्रममा नेपालगन्ज सीमानाकामा निर्माण गरिएको होल्डिङ सेन्टर स्थानीय प्रशासनले त्यसको विकल्प खोज्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले होल्डिङ सेन्टर प्रयोगका लागि रक्षा मन्त्रालयलाई तीन विकल्पसहितको सुझाव पठाएको छ ।

तीन सदस्यीय अध्ययन कार्यदल बनाएर सुझाव सङ्कलन गरेको स्थानीय प्रशासनले प्राप्त सुझावका आधारमा मन्त्रालयलाई प्रस्ताव पठाएको हो । “हामीलाई रक्षा मन्त्रालयले यो विषयमा के–के गर्न सकिन्छ भनेर सुझाव मागेको थियो, तीन विकल्प पठाएका छौँ”, प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले भन्नुभयो । स्थानीय प्रशासनले बहुउपयोगी एकीकृत पुनःस्थापना केन्द्रको सम्भावना औँल्याएको छ । पुनःस्थापना केन्द्र सञ्चालन गर्न सके एकै ठाउँमा धेरैलाई सेवा दिन सकिने उहाँको भनाइ छ ।

होल्डिङ सेन्टरलाई अस्पतालका रूपमा उपयोग गर्नसमेत सुझाव आएको छ । भेरी अस्पतालको नयाँ भवन निर्माणाधीन रहेकाले वैकल्पिक अस्पतालका रूपमा उक्त संरचना प्रयोग गर्न प्रस्ताव गरिएको छ । प्रजिअ आचार्यले भन्नुभयो, “होल्डिङ सेन्टर प्रयोगका लागि स्थानीय तहको वा अस्पतालकै रूपमा चलाउने विषयमा पनि छलफल भएको छ ।”

विपद्का बेलामा बाढीपीडितलाई राख्न सकिनेलगायत विषयमा पनि छलफल भएको छ । “निजी क्षेत्रका लागि निश्चित समय ठेक्कामा दिन सकिन्छ कि भन्ने विषयमा पनि छलफल भएको छ”, उहाँले भन्नुभयो ।

जुङ्गे महादेव मन्दिर पुनःनिर्माण

नेपालगन्ज उपमहानगरपालिका–२ स्थित बागेश्वरी मन्दिर परिसरभित्रको जुङ्गे महादेव मन्दिर पुनःनिर्माण गरिने भएको छ । उपमहानगरपालिकाले मन्दिर पुनःनिर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेपछि बोलपत्र आह्वान गरी प्रक्रिया अघि बढाइएको छ ।

जुङ्गे महादेवको प्रतिमा रहेको सो मन्दिर तालमाथि रहेको छ । मन्दिर पुनःनिर्माणका लागि तालको पानी सुकाइ, मन्दिर र मूर्ति यथावत राखेर प्रवेशमार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । एक वर्षभित्र निर्माण सक्ने गरी काम अघि बढेको उहाँको भनाइ छ ।

प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको तालको बीचमा रहेको जुङ्गे महादेवको मूर्ति रहेको मन्दिर भक्तजनको रोजाइमा पर्ने गरेको छ । जीर्ण र साँघुरो प्रवेशमार्ग रहेका कारण शिवरात्रिलगायत चाडपर्वमा दर्शनार्थीलाई असहज हुने गरेको थियो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।