खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि जीत देवभुमी क्लब सहिदभुमी ७ लाई

धनकुटा । धनकुटाको शहिदभुमि गाँउपालिका वडा नं ६ मा सञ्चालित प्रथम बिहानी युवा क्लब खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि जीत देवभुमी क्लब सहिदभुमी वडा नं ७ ले हात पारेको छ ।

आइताबार भएको फाईनल खेलमा जिरिखिम्ती युवा क्लब तेह्रथुम संग भिडेको उस्ले ४—१ गोल अन्तरले जीत हाँसिल गरेको हो । जीत संगै उस्ले नगद ५० हजार ट्रफी, मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । भने दोश्रो स्थानमा चित वुझाएको जिरिखिम्ती युवा क्लब तेह्रथुमले नगद ३० हजार ट्रफी, मेडल , प्रमाणपत्र पुरस्कार पाएकाछन् ।

यो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जिरीखिम्ती युवा क्लबका धीरज लिम्बू भए भने उत्कृष्ट गोलरक्षक देवभुमिका आसिस राई यस्तै देवभुमिकै उत्कृष्ट गोलकर्ता अर्जुन दर्नाल भएकाछन् । उनिहरुलाई मयाको चिनो र प्रमाणपत्र पुरस्कार वितरण गरिएको थियो । बिहानी युवा क्लब सहिदभुमि ६ को आयोजनामा बैशाख १९ गते देखि सञ्चालित प्रतियोगितामा १६ टिमको सहभागिता थियो ।

प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि सहिदभुमि गाउपालिका अध्यक्ष मनोज राई ,विशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत नविन कार्की ,वडा अध्यक्ष हेमकुमार राई, वडा अध्यक्ष बम बहादुर राई लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगिताको उदघाट्न शस्त्रमा कर्मचारी भर्सेज रजनितीकदल बिच भएको मैत्रिपुर्ण खेलमा १—० ले राजनितिकदल विजेता भएका थिए । प्रतियोगिता आयोजक क्लबका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सञ्चालन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।