भोलिबाट सुरु हुंदै सहिद भिमनारायण गोल्डकप फुटवल प्रतियोगिता

धनकुटा,२६ बैशाख । धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा सहिद भिमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको १५ औं सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

भोलिबाट हुने खेलको तयारी पुरा भएको र भोलीको उत्घाटन खेल दिउँसो आयोजक धनकुटा र पेमा यूवा क्लब विच हुने प्रचारप्रसार समिति संयोजक विदुर खवासले जानकारी दिनुभयो ।

प्रतियोगितामा आयोजक टिम सहित पेमा युवा क्लव विराटनगर ,प्लानिङ ब्वाईज क्लब काठमाण्डौ,कञ्चनजंगा फुटवल क्लव सिलगुडी भारत, राष्ट्रिय जागृती फुटवल क्लव सुनसरी, झापा फुटवल क्लव झापा,एपिएफ काठमाण्डौ र विरगञ्ज युनार्यटेड विरगञ्ज गरि आठ टिमको सहभागिता रहने जनाइएको छ । यस पटकको विजेताले ५ लाख र उप विजेताले २ लाख ५० हजार पाउँने गोल्डकप आयोजक समितिले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।