एकछिन पर्ख

-ध्रुव एलेक्स,पाख्रिबास , धनकुटा

लाइनमा लागेर बसेका सबैभन्दा अगाडी दौडन तत्पर
मोटरसाइकलको न्युट्रलमा रहेको इन्जिन गियरमा बदलेर एस्लेरेटर दबाउन आटेकाहरु

सारा मेकानिकल पावर सङ्गाल्दै छन कुद्नलाइ
तर ए कुदाउनेहरु हो एकछिन पर्ख ।

ढुङ्गाको छातीमा ब्लास्टिङ पड्काउन आटेकाहरु
युद्दमैदानमा बारुद भरेको बन्दुक पडकाउन तयार बन्दुकेहरु
अन्तरिक्षमा रकेट प्रक्षपणकालागि फाइनल बटन
दबाउन आटेका वैज्ञानिकहरु

र स्वागत रातको साइतमा बेलुन फुटाउन आटेका जोडीहरु
एकछिन पर्ख ती सबै कामहरु एकछिन रोक ।

कुटीमा भर्सिन लागेको भात छोपेर निस्क
मैजारो हुनै लागेको खेतको रोपाइ छोडेर निस्क
लामो यात्राको चक्करमा भमिट गर्न लागेकाहरु
भमिट रोकेरै भएपनि निस्क

सुत्केरी व्यथा लाग्नै आटेकाहरु तल्लो पेट समाएर निस्क
गरीबीको दबावले हृदयघात हुनआटेकाहरु समेत
निस्क एकपल्ट बाकी पछि गर्नुपर्छ ।

डिभोर्स पेपरमा हस्ताक्षर गर्न लागेकाहरु ….पर्ख
पिलेनको ढोकैमा पुग्नेहरु फ्लाइट क्यान्सिल गर
प्रतिक्षाको फल मीठो हुन्छ भनेर लामो समय पर्खेकाहरु
अब नपर्खनु

फैसला हुनै लागेका मिसिलहरु हरु स्थगित गर्ने आदेश गर
अस्पतालको सैयामा अन्तिम सास फेर्न लागेकाहरु पनि
भगवानको नाम जपेर एकछिन पर्ख


आउ अब सबैले हात समातेर हातेसाङ्लो बनाम्
मेरो देश छ भन्न जान्नेहरु सबै उठेर घेरा हालम
भ्रष्टहरुलाई सिमाना कटाए हाम्रो सिमाना सुरक्षित हुनेछ
कम्तिमा सास त आनन्दले फेर्न पाउछन् नेपालीले
त्यसैले आजसम्म पर्खनेहरु हो अब नपर्ख
देशको मुटुमा सास हाल्ने र बचाउने बेला यहीं हो ।।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।