मधुपर्क साहित्यिक पत्रिकाको वार्षिकोत्सव मनाइयो

काठमाडौँ, ३० जेठ (रासस) : गोरखापत्र संस्थानको साहित्यिक प्रकाशन मधुपर्क मासिक पत्रिकाको ५६औँ वार्षिकोत्सव आज विशेष कार्यक्रम गरी मनाइएको छ ।

वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा वरिष्ठ कवि÷तेस्रो आयामका नायक कवि वैरागी काइँलाले बदलिँदो विश्व राजनीतिसँगै साहित्यमा पनि परिवर्तन आएको उल्लेख गर्दै साहित्य भनेको जीवन जगत्को भोगाइ भएको विचार व्यक्त गर्नुभयो ।

दोस्रो विश्व युद्धपछि विश्व दुई धुव्रीय भएको र त्यसपछि उठेको असंलग्न आन्दोलनले विश्व बहुधुव्रमा विभाजित भएको उल्लेख गर्दै उहाँले यसको प्रभाव साहित्य चिन्तन र यससँग सम्बन्धित क्रियाकलापमा पनि परेको धारणा व्यक्त गर्नुभयो । वरिष्ठ कवि वैरागी काइँलाले आधुनिककालमा पुरानो पन्छाउने गरिएको बताउँदै पुरानोको छुट्टै महत्व हुने बताउनुभयो ।

संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले मधुपर्क साहित्यिक पत्रिकामात्र नभएर साहित्यिक पाठशाला भएको जनाउँदै यसले साहित्यलाई पत्रकारितासँग जोड्ने काम गरेको बताउनुभयो । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले मधुपर्क नेपाली साहित्यको धरोहर भएको र यसले साहित्य तथा स्रष्टालाई जोड्ने काम गर्दै आएको बताउनुभयो ।

सो अवसरमा मधुपर्क सम्मान–२०८० (पद्य) बाट वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, मधुपर्क सम्मान–२०८० (गद्य) बाट वरिष्ठ कथाकार पुष्कर लोहनी र मधुपर्क प्रतिभा सम्मान–२०८० बाट कवि प्रभा भट्टराई आचार्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा कथाकार लोहनी, कवि आचार्य, मधुपर्कका सम्पादक जयदेव भट्टराई, मधुपर्क स्रष्टा चयन समितिका संयोजक वरिष्ठ साहित्यकार गणेश रसिकले मधुपर्क र साहित्यका विषयमा चर्चा गर्नुभएको थियो भने सर्जक महेश पौडेलले सम्मानित व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।