राष्ट्रिय कविता महोत्सवमा यस वर्षदेखि मातृभाषाका कविता प्रतियोगी

काठमाडौँ, ७ असार (रासस) :नेपाल प्रज्ञा–प्रतिष्ठानले ६६औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवमा यस वर्षदेखि मातृभाषाका कवितालाई पनि प्रतियोगितामा सहभागी गराइँदैछ ।

प्रतिष्ठाले हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको महोत्सवमा परम्परागतरुपमा नेपाली भाषाका कविताका अतिरिक्त यस वर्षदेखि समावेशी सहभागिताका लागि पहिलो पटक बहुभाषिक कविता आह्वान गरेपछि मातृभाषाका कवितासमेत प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतियोगिताका लागि आएकामध्ये मूल्याङ्कन समितिबाट वाचनका लागि २५ कविता छनोट भएका छन् । प्रतियोगिताका लागि नेपाली, लिम्बू, डोटेली, खाम मगर, नेपालभाषा, चाम्लिङ र थामी भाषाका गरी कूल २५ कविता छानिएका छन् ।

नेपाली भाषाका १८ कविता छानिएका प्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेतले जानकारी दिनुभयो । मातृभाषामा प्रस्तुत हुने कवितालाई अनुवादकको प्रबन्ध गरिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार महोत्सवका लागि इमेल र प्रत्यक्ष गरी छ सय ४४ वटा कविता दर्ता भएको थिए । प्रतियोगितामा उत्कृष्ट १० कविलाई जनही रू १५ हजार राशिको पुरस्कार दिइने छ ।

प्रतिष्ठानका कतिपय पूर्व पदाधिकारीले भने विगतमा भातृभाषा कवि सम्मेलन अलग्गै गरिएकामा राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाएर नेपाली भाषालाई अवहेलना गरिएको तर्क गर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।