हृदयघात भई निधन भएका नेपाली कांग्रेस धनकुटाका सल्लाहकार रायको यसरी गरियो अन्त्येष्टि
धनकुटा । धनकुटा नगरपालिका वडा नं ३ निवासी नेपाली कांग्रेस धनकुटाका अभिभाक तथा सल्लाहकार शिक्षाविद स्व. रामवहादुर रायको शनिवार अन्त्यष्ठि गरिएको छ ।
धनकुटाको विश्रान्ती मन्दिर स्थित तमोर नदीमा पार्टीको चार तारे झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरी अन्त्यष्ठि गरिएको हो । धनकुटा नगरपालिका ३ स्थितको भाषा माविको कार्यक्रममा सहभागी भैरहेको बेला ह्दयघात भई शुक्रबार ७३ बर्षको उमेरमा रायको असमायिक निधन भएको थियो । समाजसेवी शिक्षाविद स्व रायको श्रीमती सरिता राय ,छोरा राजेन्द्र राय ,छोरीहरु शान्ति,लक्ष्मी र कमला छन् ।
स्व. रायको पार्थिव शरिरमा पार्टीका जिल्ला सभापति दिनेश राई, जिल्ला सचिवहरु विजय सन्तोषी राई,विकास घिमिरे,सदस्यहरु मिन वहादुर कार्की,राजेन्द्र पौडेल, क्षेत्रिय सभापती एवं सागुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र राई लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्व रायको योगदानको वारेमा चर्चा गर्दै सचिव राईले उहाको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको उल्लेख गर्नुभयो । स्व.रायले धनकुटाको भाषा,हिले मावि,मार्ग र बेलहराका विद्यालयहरुमा लामो समयसम्म अध्यापन गराउनु भएको थियो भने जेष्ठ नागरिक संघ धनकुटा वडा नं ३ का निवर्तमान अध्यक्ष समेत हुनुहुन्थ्यो ।


