छथर जोरपाटीको बजेट ४२ करोड, ३५ लाख,४६ हजार

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक बर्ष २०८०÷८१ का लागि ४२ करोड ३५ लाख, ४६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिका उपाध्यक्ष गिता गुरुङ्ग खेवाले दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा आर्थिक बर्ष २०८०÷८१ का लागि ४२ करोड ३५ लाख, ४६ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गर्नु भएको हो ।

शिक्षा, स्वाथ्य, कृषि, पूर्वाधार विकास, खेलकुद लगायत बिषय लाई बजेटमा समेटिएको उपाध्यक्ष खेवाले बताउँनु भयो । जस मध्ये चालु तर्फ २८ करोड ८१ लाख, २२ हजार र पूजिँगत तर्फ १३ करोड ५४ लाख २४ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । जस मध्ये बेहोरीने स्रोतहरुमा नेपाल सरकार बाट प्राप्त हुने बित्तिय सामान्यीकरण तर्फ ८ करोड ६२ लाख, राजश्व बाँडफाड तर्फ ७ करोड ३८ लाख १७ हजार, संघिय सरकार बाट सशर्त अनुदान बाट २० करोड ७१ लाख, समपुरक अनुदान २ करोड प्राप्त हुने प्रस्ताव गरिएको छ ।

त्यस्तै प्रदेश सरकार बाट वित्तिय सामान्यीकरण तर्फ ५१ लाख २५ हजार, राजश्व बाँडफाड तर्फ ३० लाख ३१ हजार, समपुरक अनुदान ९७ लाख ५० हजार, सशर्त अनुदान ५७ लाख ७३ हजार, आन्तरिक आय बाट १ करोड ६ लाख ५० हजार र अल्या बाट २० लाख रुपैयाँ बजेट स्रोत निर्धारण गरिएको जनाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।