सहिदभूमि गाँउपालिकाको बजेट ४५ करोड, ६९ लाख

धनकुटा । सहिदभूमि गाँउपालिका धनकुटाले आर्थिक वर्ष २०८०/०८१ को लागि ४५ करोड ६९ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । पालिकाको दोस्रो गाँउसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा पालिका उपाध्यक्ष रत्नश्वरी राईले ४५ करोड ६९ लाख ३५ हजार ६ सय २७ रुपौँया बराबरको आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तुत गर्नु भएको थियो । त्यस्तै गरी पालिकाले चालु तर्फ ६ करोड ५४ लाख ७७ हजार २ सय अनुमानित बजेट छुट्याएको छ ।

यस्तै शिक्षा,युवा तथा खेलकुद शाखा १ करोड ६२ लाख ५० हजार,वडा तर्फ १ करोड ६२ लाख ५० हजार,सडक तर्फ १ करोड ४५ लाख,संघिय सर्शत,विशेष र समपूरक अनुदान सञ्चालित योजनाहरु २३ करोड ३७ लाख १८ हजार,प्रदेश शर्सत र समपूरक अनुदानबाट सञ्चालित योजनाका लागि १ करोड ८८ लाख ८६ हजार, ह्युमन प्राक्टिस सँगको साझेदारिमा विद्यालय पुर्वाधार निमार्णका लागि १ करोड ७९ लाख ५४ हजार ४ सय २६ रुपैया छुट्याएको छ ।

पालिकाको वित्तियसमानीकरण अनुदान ८ करोड ५४ लाख,संघ सरकारबाट राजश्व वाँडफाड ७ करोड ६३ लाख ८७ हजार २ सय, प्रदेश सरकारबाट सवारी करको वाँडफाड २५ लाख ३ हजार ,सर्शतअनुदान चालु र पुँजिगत २२ करोड १४ लाख १८ हजार , आन्तरिकराजश्व ७० लाख आम्दानी गर्ने अनुमान गरिएको छ । गाँउ सभाका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले सभालाई सम्बोधन गर्नु हुदै स्थानिय सरकार सबै भन्दा जनाताको नजिकको सरकार रहेकोले जनताको हरेक आवाश्यकता पुरा गरेर मुलुकलाई समृद्धिको विकास तर्फ अगाडि बढाउनु पर्ने गहन जिम्मेवारी स्थानिय सरकार रहेकोले जनमुखि बजेट निमार्ण गर्नु पर्ने बताउनु भयो । बजेट निमार्णका क्रममा भौत्तिक विकास मात्र नभएर मानव संसाधान विकास गर्ने र उत्पादनमा जोडदिएर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।

यस्तै सभाका विशेष अतिथि जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख साबित्रा राईले सभालाई सम्बोधन गर्दै मुलुक आर्थिक संकटमा रहेको अवस्थामा स्थानीय जनताको हित र सुसान युक्त विकासमैत्री उदेश्य राखी सहिदभूमि गाँउपालिकाले ल्याएको बजेट स्वागत योग्य रहेको भन्दै स्वागत तथा शुभकामना दिनु भयो । सभा गाँउपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सञ्चालन भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत नविन कार्की, वडा अध्यक्ष,कार्यपालिका सदस्य, गााउ सभा सदस्य,विभिन्न शाखा प्रमुुख, कर्मचारी,सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।