अन्तराष्ट्रिय लागुऔषध विरुद्धको दिवसको अवसरमा हिलेमा सचेतना मूलक र्याली (फोटो फिचर)
धनकुटा । लागुऔषध दुरुपयोग तथा ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसमा धनकुटा १ हिलेमा सचेतना मूलक र्याली प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।
हिले प्रहरी चौकीको आयोजनामा र्याली प्रर्दशन तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । प्रहरीचौकी परिसरबाट शूरु गरिएको सचेतना मूलक र्यालीले तोङवाचौक, न्यूरोड, हिले सिरानबजारको परिक्रमा गरेको थियो ।
सचेतनामूलक प्ले कार्ड सहित प्रर्दशन गरिएको र्यालीमा हिलेका विभिन्न विद्यालयका विद्यार्थी,अभिभावक,जनप्रतिनीधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि,सूरक्षाकर्मी, अभिभावक सहित विभिन्न सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनीधिहरुको सहभागिता थियो ।
बजारको परिक्रमापछि हिले प्रहरीचौकी परिसरमै आएर अन्तरक्रिया गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले वालवालिकाहरुलाई लागुऔषधबाट जोगाउन सर्वप्रथम परिवार तथा अभिभावकहरु सजग र शर्तक हुन आवश्यक रहेको बताएका थिए ।
उनिहरुले आफ्ना वालवालिका वा छोराछोरीको रहेक चाहाना,क्रियाकलाप,संगतका कुराहरुलाई विशेष ध्यान दिन पर्ने बताए । साथै उनिहरुले लागुऔषधको प्रयोग,ओसारपसर जस्ता कार्यलाई निरुत्साहित पर्न सम्बन्धित सबैको सहकार्य जरुरी रहेको समेत बताएका थिए ।
हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाईदै आएको छ । लागुऔषधको असर र कारोबारबाट विश्व समुदायलाई मुक्त गराउने लक्षका साथ मनाइँदै आएको यो दिवसको यस वर्षको नारा जीवन बचाउँ भन्ने छ ।







