धनकुटाबाट पनि दिन थालियो जन्म सिद्धको आधारमा नागरिकता लिएकाका छोरा-छोरीलाई वंशजको आधारमा नेपाली नागरिकता
धनकुटा,१२ असार । जिल्ला प्रसाशन कार्यलय धनकुटाले समेत नेपाली नागरिकता पहिलो संशोधन ऐन २०७९ बमोजिम जन्म सिद्धको आधारमा नागरिकता प्रमाण पत्र लिएकाका छोरा छोरीलाई वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र दिन थालेको छ ।
आज जिल्ला प्रशासन कार्यलयले जन्म सिद्धको आधारमा नागरिकता प्रमाण पत्र लिएका सुरेश सहनीका छोराछोरीलाई वंशजको आधारमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगायत प्रसाशनका कर्मचारीहरुले नेपाली नागरिकता प्रमाणपत्र हस्तान्तरण गर्नु भएको छ ।
सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटो खोलेसँगै विगतमा नयाँ ऐन अनुसार रोकिएको नागरिकता वितरण कार्य सुरु गरिएको जनाइएको छ ।


तस्बिर -जिल्ला प्रशासन कार्यलय धनकुटाको फेसबुकबाट


