फलैचाको आलु खेती (भिडियो सहित)
धनकुटा । धनकुटाको छथर जोरपाटी गाँउपालिका- २ फलैचाका चन्द्र कुमार सारु मगर यतिबेला आफ्नो बारीमा लगाएको आलु बाली उठाउन ब्यस्त हुनुहुन्छ ।
वहांको आलुबारी खन्न छिमेकीहरु पनि भेला हुन्छन् । सबै छिमेकी मिलेर रोप्ने देखि खन्ने सम्मको काम गर्छन् । अन्यत्र पैसा तिरेर पनि काम गर्न जनशक्ति पाउन मुस्किल हुन्छ तर यो क्षेत्रमा भने नि:शुल्कै प्रशस्त काम गर्ने जनशक्ति पाईन्छ । आज सम्म काम गर्ने मान्छेको समस्या नभोगेको मगर बताउनु हुन्छ । करिब उहाँले पाँच रोपनी क्षेत्रफलमा आलु खेती गर्नु भएको छ । आलुवाट मात्र उहाले बार्षिक ५ लाख रुपैया बराबरी आम्दानी गर्दै आउनु भएको छ ।
यतिबेला फलैचामा जस्तै धनकुटाको उच्च क्षेत्रका कृषकलाई आलु खन्न भ्याइनभ्याई छ । यी क्षेत्रमा आलुवाट प्रतिरोपनी एकलाख रुपैया भन्दा बढी आम्दानी गर्ने गरेको स्थानिय बताउछन् ।
त्यसो त आलुलाई बजारको समेत समस्या छैन । आलु खनि सक्दा बारीवाटै बिक्रि हुने गरेको स्थानिय ईन्द्र सारु मगर बताउनु हुन्छ । आलु सो क्षेत्रमा बर्षको दुई सिजन उत्पादन हुने गरेको छ । उच्च क्षेत्रका करिब १५ हजार कृषकले आलु खेती गर्दै आएका छन् ।


