१४ जिल्लाका साहित्यकारहरुसंग कुलपति र गणेश रसिकको लेखन शिविर

चन्द्र मादेन आन्छन,काठमाडौ । उदयपुर गाईघाट, त्रियुगा नगरपालिकाको क्वाबर रिसोर्टको सभाहलमा डाक्टर रणशेर राई स्मृति फाउण्डेशन र वाङमय साहित्य प्रतिष्ठानको आयोजनामा १ नं. प्रदेश स्तरीय १४ जिल्लाका साहित्य मार्फत तीनदिने “श्रष्टाहरुको लेखन शिविर” सम्पन्न भएको छ ।

पहिलो दिन असार १६ गते शनिवार प्रतिष्ठानका अध्यक्ष महेन्द्र कुमार राईको सभापतित्वमा प्रमुख अतिथि वरिष्ठ श्रष्टा गणेश रसिकद्धारा फूलको विरुवामा पानी चढाई समुद्घाटन गरिएको कार्यक्रममा वरिष्ठ श्रष्टाहरु वुलु मुकारुङ, धरानका पूर्व प्राध्यापक एवं दिग्गज कवि शरण कुमार राई, राममणि पोखरेल लगायत विभिन्न जिल्लाको आमन्त्रित कविहरु र स्थानीय साहित्यकारहरुको वाक्लो उपस्थित वीच चिनापरिचय साथै सृजनाहरु वाचन भएकोथियो ।

कार्यक्रमको संचालन प्रतिष्ठानकी कोषाध्यक्ष एवं निवर्तमान जिल्ला समन्वय समितिकी उपप्रमुख गंगा राईले गर्नुभएको थियो, भने मसिना स्थानीय कलाकार नानीहरुद्धारा स्वागत गीत अनि पछिवाट प्रमुख अतिथि वरिष्ठ श्रष्टाहरु रसिक र मुकारुङले मन्तव्य सहित केहि कालजयी गीतहरु पस्किनु भई उपस्थित स्रोताहरुलाई मुग्ध पार्नुभएको थियो ।

त्यस्तै दोश्रो दिनमा वाङमय साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार कौशल चेम्जोङको सभापतित्वमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई विशिष्ट अतिथिहरु गणेश रसिक, वुलु मुकारुङ, त्रियुगा नगरपालिका प्रमुख वसन्त वस्नेत, प्राज्ञ चेतनाथ धमला, चर्चित गायीका रश्मी राई, गतमहिना विनेसाद्धारा आयोजित प्रथम गजलकार घोषित सुमी पोखरेल, त्यस्तै गत महिना नेपाल प्रज्ञाप्रतिष्ठानद्धारा १० सर्वोत्कृष्ट घोषित कवि जीवन आरोही लगायत विभिन्न जिल्लाका ५ दर्जन ज्यादा सर्जकहरुको वाक्लो उपस्थित भएको थियो ।

सो कार्यक्रमको उद्घोषण साहित्यकार पुन्य कार्कीले गर्नुभएको थियो । उक्त कार्यक्रममा कुलपति राईलाई मेयर वस्नेत सामु सर्जकहरुले विभिन्न जिज्ञासा र प्रश्नहरु राख्नुभई वंहाले प्रत्युत दिनुभएकोथियो ।

“डाक्टर रणशेर राई” – जस्ले खोटाङ हलेसीमा २०११ सालमा विध्यालय स्थापनागर्नुभै, २०२० सालमा गाईघाट झर्नुभै औलोको उपचार गरी धेरै रोगीहरुलाई वचाउनुभएको थियो, वंहाकै नेतृत्वमा खोरीया समाधिस्थल स्थापना गर्नुभएकोथियो भने २०२३ मा त्रियुगा मावि गाईघाटको संस्थापक सदस्य वन्नुभएको थियो ।

२०२८ सालमा झारजङ्गल, खेतवारीलाई आजको वस्ति विशाल शहर त्रियुगा नगरपालिका सदरमुकाम वनाउने र वसाउने सचिव रणशेरले मुख्य निर्वाह गर्नुभएको थियो । वि. सं. १९८२ मा जन्मनुभै जीवनको आरोह अवरोह संगै विभिन्न सामाजिक सत्कार्य गर्नुभै २०३७ सालमा ५५ वर्षको अल्पायुमै देहावसान हुनु भएको थियो ।

सामाजिक विकास मन्त्रालय प्रदेशको सहयोगमा संचालन गरिएको कार्यक्रमको सुरुवात स्व. रणशेर राईको समाधिस्थल र प्रतिमा मुर्तिमा गई सवै श्रष्टाहरुले धुप र फूलका गुच्छाहरुले श्रद्धाञ्जली माल्यार्पण गर्नुभएकोथियो ।

कार्यक्रमको अन्तिम दिन क्रांतिकारी योद्धा नारदमुनी थुलुङको सालिकको अवलोकन र चौदण्डी गढीको भ्रमण गरी आमन्त्रित श्रष्टाहरुद्धारा कविता वाचन गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।