आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने

डुम्रे, २२ असार (रासस) : राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ ।

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकायरी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली साहित्यको प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगितामा देशभरका साहित्यकारलाई निम्तो गरिएको बताउनुभयो ।

खुला कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । यस्तै रामायण वाचनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु एक हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिताका लागि इमेलबाट पनि कविता पठाउन सकिने व्यवस्था गरिएको छ । www.adikabibhanubhakta1871@gmail.com मा पठाउन सकिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका विभिन्न व्यक्तिलाई सम्मान समेत गरिने छ । जन्मजयन्तीको कार्यक्रममा बालन, कुमालका पाउदुरे र मगरका कौराह नृत्य प्रदर्शन गरिने अध्यक्ष ऋषिराम पन्तले जानकारी दिनुभयो ।

छायाङ्कन हुँदै आदिकवि सम्बन्धी गीत

‘भानुभक्त आचार्य हुन् नेपालका आदिकवि
साहित्यका शिखरको चहकिलो रातो छवि
रामायण लेखे उनले, अकविता मेटे उनले
साहित्यको यौटा नयाँ मूल बाटो भेटे उनले
तनहुँका डाँडाकाँडा त्यसै पनि हराभरा
भानुभक्त जन्मेपछि मुस्कुराई वसुन्धरा’

यो गीत राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यका बारेमा ८२ वर्षीय गायक रामबाबु सुवेदीले लेख्नुभएको र गीत गाउनुभएको हो । भानुभक्तको क्षेत्र र उहाँका कृतिलाई सदैव जीवन्त राख्नका लागि गायक सुवेदीले भानुभक्तसम्बन्धी बालगीत गाउनुभएको हो ।

बालबालिकाबाट नै आदिकविको संरक्षण र प्रवद्र्धनमा जोड दिनसके उहाँ सदैव जीवन्त रहने उहाँको बुझाइ छ । उहाँले माया, पिरती, बिछोडका गीतमा बालबालिकालाई सहभागी गराउनुभन्दा उनीहरुको उमेरलाई सुहाउँदो गीतमा सहभागिता गराउँदा उनीहरुमा सकारात्मकता विकास हुनेको उहाँको भनाइ छ ।

उक्त गीत २१०औँ भानु जयन्तीको अवसरमा सार्वजनिक गर्ने गरी भानुभक्तको गीतमा स्थानीय १२ बालिकालाई सहभागी गराइएको निर्देशक आचार्य गोपालले जानकारी दिनुभयो । “बालबालिकालाई बालगीतमा सहभागी गराउनुपर्छ भन्ने उद्देश्यले गीत छायाङ्कन गरिएको छ, बालबालिकाको आफ्नै उमेर सुहाउँदो गीतमा नाच्न र गाउन सिकाउनुपर्छ भन्ने हेतुले गीतको छायाङ्कन गरिएको हो”, उहाँले भन्नुभयो ।

राष्ट्रिय विभूति आदिकवि भानुभक्तलाई उक्त गीतले जीवन्त राख्ने उहाँको भनाइ छ । भानुभक्तकै जन्मस्थलमा छायाङ्कन गरिएको उक्त गीत यही असार २९ गते २१०औँ भानु जन्मजयन्तीका अवसरमा सार्वजनिक गरिनेछ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।