धनकुटामा दुर्लभ बन्दै “बेठी” परम्परा, के हो त “बेठी”? (भिडियो सहित)

धनकुटा । करिब चार दशक अघिसम्म धनकुटाका गाउँहरुमा नौमती बाजा बजाएर असारे भाकामा दोहोरी सहित बेठी लगाउँदै धान रोपाइँ गर्ने चलन रहेको थियो तर पछिल्लो समय बेठी परम्परा दुर्लभ भएको छ ।

धनकुटा लगायत आसपासका जिल्लामा जेठबाट रोपाइँ सुरु भएर साउनसम्म हुने गरेको छ तर रोपाइँमा पहिलेपहिले जस्तो नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने ‘बेठी’ परम्परा अहिले देख्न पाइदैन ।

हिजोआज शहरमा बस्ने नयाँ पुस्तालाई मात्र होइन, गाउँमा हुने कृषकका छोराछोरीका लागि समेत ‘बेठी’ शब्द अनौठो बन्न पुगेको छ । गाउँबस्तीका खेतहरुमा नौमती घन्काएर असारे भाका गाउँदै रोपाइँ गर्ने चलन लोप भएपछि नयाँ पुस्ता बेठीका बारेका जानकार नै छैनन् । करिब २०४० साल सम्म धनकुटाका गाउँहरुमा नौमती बाजा बजाएर असारे भाकामा दोहोरीसहित बेठी लगाउँदै धान रोपाइँ गर्ने चलन रहेको जनकारहरु बताउछन् ।

पहिले नै हिलो आली सकेर तयार पारेको पर्याप्त पानी पुग्ने खेत, तयारी अवस्थाको धानको बीउ, दर्जनौँ हलगोरु, सोही अनुपातमा बाउसे, रोपाहार अनि बाजागाजाको टोली भएपछि मात्र बेठीको रौनक सुरु हुन्थ्यो। मानव जीवन र हिलो माटोबीचको सम्बन्धको प्रतीकसमेत बन्दै आएका किसानले माटोको टीका थाप्नुपर्ने बेठीमा दर्जी समुदायले बाजा बजाउने र श्रमिकले आ–आफ्नो भूमिकाअनुसारको खेतमा काम गर्नुपर्ने चलन थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।