नेपाल-अफ्रिका फिल्म फेस्टिबल सम्पन्न

काठमाडौ । एघारौं नेपाल अफ्रिका फिल्म फेस्टिबल भव्य कार्यक्रमको आयोजना गरी राजधानीमा समापन समारोह सम्पन्न भएको छ । नेपाली फिल्म मात्रै नभएर देश विदेशबाट सहभागी लगभग ५० वटा फिल्मको प्रतिस्पर्धा भएको उक्त समारोहमा २२ वटा फिल्म छनौटमा परेको थियो । तीन दिनसम्म असार २३ देखि २५ गतेसम्म निरन्तर राष्ट्रिय नाचघर जमलमा प्रतिस्पर्धामा छनौट परेका चलचित्रहरूको प्रदर्शनी गरिएको थियो ।

   नेपाल अफ्रिकाफिल्म फेस्टिबलमा सर्वोत्कृष्ट चलचित्र भाग्य घोषणा हुँदा भाग्य चलचित्रका निर्माता सरिता महर्जनले सर्वोत्कृष्ट फिल्मको अवार्ड लिनुभएको छ । फिल्म फेस्टिवलमा सबैभन्दा धेरै अवार्ड पाउने चलचित्र भाग्य बन्न सफल भएको छ भने सर्वोत्कृष्ट निर्देशक भाग्य चलचित्रका निर्देशक रोशन कुमारले पाउनु भएको थियो भने सर्वोत्कृष्ट अभिनेत्रीबाट निता ढुंङ्गाना अनि सर्वोत्कृष्ट चरीत्र अभिनेता सुनिल कटुवाले अवार्ड ग्रहण गरिएको थियो ।

नेपाली कथाकन गीतिचलचित्र नेपाली इतिहासको दोस्रो गीतिचलचित्र हो । चलचित्र भाग्यले एकपछि अर्को सफलता पाइरहेको सो समारोहमा नायक यशराज गराजले सर्वोत्कृष्ट अभिनेता जुरी अवार्ड पाउनु भएको थियो । यसरी यस पटकको नेपाल अफ्रिकाफिल्म फेस्टिवलमा चलचित्र भाग्यले ठुलोभन्दा ठुलो अवार्ड पाउन सफल भएको छ । विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को अमर कृतिमा आधारित चलचित्र भाग्यको कथा समेटिएको छ ।

नेपाली चलचित्र प्रकाश, प्रेमगञ्ज, हुक्का, लगायत चलचित्रलले पनि अवार्ड पाएको थियोभने छोटो चलचित्रहरू परिवर्तन, परिवार, दुविधा, फेरि, हावाम्यान, ऐजेरू, कलुवा लगायत अफ्रिकन फिल्महरू द विल्डर्स, द ट्रेन अफ द डेट, आइ गट माइ, वाटे वाटे, थिड्स एवं डेट,
या, ठ्याँक यु रेन्ट लगायत चलचित्र समावेश रहेको थियो ।कार्यक्रममा प्रमुख अथिति संगीत तत्न शम्भुजित बास्कोटा रहनु भएको थियो । उहाँले चलचित्र महोत्सवमा अवार्ड पाउने र सम्मान पाउने सबैलाई हृदयदेखि शुभकामना व्यक्त गर्नु भयो । विशिष्ट अतिथिको रुपमा रहनुभएको नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा बरिष्ठ अभिनेता, निर्दशक कृष्ण मल्लले नेपालमा फिल्म महोत्सव गर्न निकै गाह्रो हुँदाहुँदै पनि ११ संस्करणसम्म गर्नु महोत्सवको सफलता भएको बताउनुभयो । उहाँले यस्तो मन्दीको विषम परिस्थितिमा पनि यस्तो उत्कृष्ट अवार्ड गरेर आयोजकले महान कार्य गरेकोमा धन्यवादको पात्र रहेको पनि बिचार प्रकट गर्नुभयो ।

निर्माता संघका अध्यक्ष नवल खड्का, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, प्रथम धार्मिक चलचित्रका महादेव चरित्रको भूमिका निभाउनुहुने राकेश खड्का, कलाकार संघका महासचिव सविन श्रेष्ठ,अभिनेता दिनेश खड्का लगायतका अतिथी रहनुभएका कार्यक्रममा प्रदेशकी सांसद मीना श्रेष्ठ लगायतले महोत्सवले नेपाली र अफ्रिकी फिल्मलाई प्रोत्साहन गरेको बताउनुभयो।

आयोजक संस्थाकी अध्यक्ष तथा फेस्टिवल निर्देशक डा. मञ्जु मिश्रले अफ्रिका र नेपालीको अवस्था उस्तै भएकाले दुवैतर्फका चलचित्रको प्रोत्साहनका लागि महोत्सव गर्दै आएको बताउनुभयो । महोत्सवको सह–आयोजकमा चलचित्र विकास बोर्ड र विलक्षण क्रियसन प्रालि रहेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।