धनकुटामा आँप खेतीले धानेको बस्ती(भिडियो सहित)
धनकुटा । धनकुटाको बेशीं फांटहरु आँप उत्पादनको पकेट क्षेत्र हुन् ।
धनकुटा जिल्लाका अरुण र तमोर नदीका किनारमा बेंशीफाटका बगैँचामा मालदह, कलकत्तिया बम्बईलगायत आँप फलेर धमाधम बिक्री भइरहेका छन् । गर्मीको मौसममा पाइने आँप धनकुटा नगरपालिका वडा नं. ९ छिम्सुवामा ठूलो मात्रामा आँपको खेती हुने गरेको छ ।
यहाँ ६४ हेक्टर जमिन रहेको छ। जसमा रहेका सबै किसानले आँप खेति गर्दै आएका छ । छिम्सुवाको बासिन्दाको मुख्य आम्दानीको स्रातनै आप हो । जिल्लाको कुल आप उत्पादन हुने क्षेत्र मध्ये आधा भन्दा बढि आप यहि क्षेत्रमा उत्पादन हुने गरेको छ । जिल्लामा कुल ८५ हेक्टर क्षेत्रफलमा आप खेती हुदै आएको छ । जसमध्ये यो क्षेत्रमा मात्र करीब ४५ हेक्टरमा आपा खेती हुदै आएको छ ।
किसानलाई यतिबेला आँप टिप्न भ्याइनभ्याइ छ। यो बाहेक तमोर र अरुण नदी किनारमा रहेका फमामेटार, साप्तीङटार, सफाइधाप, चानुवा, दमार लगायतका क्षेत्रमा आँप खेती हुने गरेको छ।
कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्क अनुसार धनकुटामा गत वर्ष ५३ दशमलव ५ हेक्टर क्षेत्रफलमा हेक्टरमा आँप खेती भएको थियो। त्यसबाट १७४ दशमलव ५ मेट्रिकटन विभिन्न प्रजातिका आँप उत्पादन भएको थियो ।


