धनकुटाको हिलेमा बेवारिसे अवस्थामा एक ब्यक्ति फेला
धनकुटा । धनकुटा नगरपालिका वडा नं १ हिलेमा एक बेवारिसे ब्यक्ति फेला परेको छ ।
गत असार ३० गते बेलुका ५ बजे हिले स्थित होटल काम्जिरोवा नजिकै बाटोमा अचेत अवस्थामा उक्त ब्यक्ति फेला परेको हो ।
स्थानियले उक्त ब्यक्तिलाई देखेपछि प्रहरीलाई गरेको र प्रहरीले तत्काल उद्दार गरि उपचारका लागि जिल्ला अस्पताल धनकुटा पुराएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले सामाजिक संजालमा सुचना जारी गर्दै लेखेको छ ।
उक्त ब्यक्ति हेर्दा मंगोलियन अनुहार भएको ,उमेर अन्दाजी बर्ष ३४/३५ को जस्तो देखिने,बोल्न नसक्ने भएकोले निजको यकिन वतन र नाम थर खुल्न नसकेको हुँदा फोटोमा भएको मानिस कोहि कसैको आफन्त भए वा चिन्नुहुने महानुभावहरुले जिल्ला प्रहरी कार्यालध धनकुटामा सम्पर्क राख्नु हुन अथवा यस कार्यलयको फोन नं.-९८५२०९०१६७/९८५२०६१७५५ मा सम्पर्क राख्न हुन पनि प्रहरीले अनुरोध गरेको छ ।


तस्बीर स्रोत : जिल्ला प्रहरी कार्यालय धनकुटाको फेसबुक


