धनकुटा नगरपालिकामा माग सम्बोधन नभएसम्म नगरपरिषद बहिष्कार गर्ने नगर सदस्यको चेतावनी
धनकुटा । धनकुटा नगरपालिकाका नगरप्रमुखले बहुमत सदस्यहरुको मागलाई वेवास्ता गरेको भन्दै आफूहरुको माग सम्बोधन नभएसम्म नगरपरिषदको बैठक बहिस्कार गरेको जनाएका छन ।
लोकतान्त्रिक गठबन्धनका तर्फबाट निर्वावाचित जनप्रतिनिधिहरुले आज पत्रकार सम्मेलन गर्दै आफूहरुको माग पूरा नभएसम्म नगरपरिषदको बैठक बहिस्कार गर्ने घोषणा गरेका हुन ।
नगरप्रमुखले बहुमत सदस्यहरुको मागलाई अपहेलना गरेको प्रती गम्भीर ध्यानकर्षण भएको उनीहरुले जनाएका छन । उनीहरुले प्रेस विज्ञप्तीमा भनेका छन “ धनकुटा नगरको विकास र सम्मृद्धीका लागि अब हामी कार्यपालिकाको बैठकबाट हाम्रो प्रस्ताव तथा निर्णयहरु गर्ने गराउने र नगरवासीहरुको हितका लागि सम्पूर्ण कार्य गर्न कार्यपालिका मार्फत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ”।
उनीहरुले अहिले भएको खानेपानी उपभोक्ता समिति तत्काल विगठन गर्नुपर्ने , लेखा समितिको कार्यविधि बनाई तत्काल कार्यान्वयन गर्नुपर्ने तथा नगरपरिषदबाट गत बर्ष पास भएका विषयहरु तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेका छन ।
उनीहरुले राखेका मागलाई वेवस्ता गरिएमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी समेत दिएका छन ।


