जग्गा कारोबार २६ र राजस्व ४४ प्रतिशतले घट्यो

काठमाडौं । जग्गा वर्गीकरणमा भएको ढिलाइ र विश्वव्यापी आर्थिक मन्दीको असरका कारण देशभर जग्गा कारोवार घटेको छ। आर्थिक वर्ष २०७८(०७९ को तुलनामा गत आवमा जग्गा कारोबार संख्या र यसबाट संकलन हुने राजस्व दुवै घटेको हो।

अघिल्लो आवको तुलनामा जग्गा कारोबार २६ प्रतिशत र राजस्व संकलनमा ४४ प्रतिशतले गिरावट आएको छ । आव २०७८(०७९ मा १८ लाख १४ हजार ७३९ जग्गा कारोबार भएकोमा गत आवमा यो संख्या घटेर १३ लाख ३३ हजार ४२५ मा झरेको छ ।

यसैगरी अघिल्लो आवको तुलनामा कारोबारबाट संकलन हुने राजस्व ७४ अर्व ५९ करोड रुपैयाँबाट ४१ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक निर्माणकुमार कार्कीले आर्थिक मन्दी र पालिकाले वर्गीकरणमा गरेको जग्गाको ढिलाइका कारण कित्ताकाट रोकिंदा कारोबारमा कमी आएको बताए ।

‘कित्ताकाट हुन सक्ने जग्गासमेत आर्थिक मन्दीका कारण कारोबार हुन सकेको छैन,’ उनले भने । यो समाचार कारोबार दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖