तीव्र गतिमा सवारी हुइँक्याउँदै हुनुहुन्छ? होस गर्नोस्, तपाईंभन्दा अघि पुग्ला ‘चिट’

काठमाडौं, साउन ३। तीव्र गतिमा सवारी हुइँक्याउँदै हुनुहुन्छ? उपत्यकाका चक्रपथ र अरू सडकमा ट्राफिकको आँखा छलेर भाग्दै हुनुहुन्छ कि? त्यसो गर्दा तपाईंको गल्ती भए कारवाही र जरिबानाको सूचना तपाईंभन्दा पहिले घर पुगिसकेको हुन सक्छ । ट्राफिक प्रहरीले आफ्नो उपस्थितिबिना विभिन्न स्थानमा स्वचालित क्यामरा जडान गरेर तपाईंको सवारी गतिको निगरानी सुरु गरिसकेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पहिलो पटक स्वचालित क्यामरा जडान गरी तोकिएभन्दा तीव्र गतिमा सवारी चलाउने चालकमाथि निगरानी तथा कारवाही सुरु गरेको छ ।

काठमाडौँ र ललितपुरमा पर्ने चक्रपथ तथा कोटेश्वर–सूर्यविनायक सडक खण्डमा अधिकतम गति ५० किलोमिटर प्रतिघण्टा र भित्री सहर र गल्लीमा ४० किलोमिटर प्रतिघण्टाभन्दा कम गतिमा मात्र सवारी चलाउन पाउनुपर्ने व्यवस्था गरिएको छ । यो नियम उल्लङ्घन गरी सवारी हाँक्ने र दुर्घटना हुने क्रम बढेपछि नियन्त्रणका लागि स्वचालित क्यामरा जडान गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले तोकिएभन्दा बढीको गतिमा सवारी हाँक्ने सवारीसाधनलाई निगरानी र कारवाही गर्न कोटेश्वर, थसिखेल र धोबीघाटमा स्वचालित नम्बर प्लेट पहिचान (एएनबिआर) क्यामरा जडान गरिएको जानकारी दिए। चक्रपथमा बढी सवारीसाधन दुर्घटना हुने स्थानमा जडान गरिएका एएनबिआर क्यामराले दुईतर्फी रूपमा गुड्न सवारीसााधन गति सीमाभन्दा तीव्र गतिमा चलेको पाइए भिडियो खिची कन्ट्रोल रूममा पठाउने काम गर्छ ।

उपत्यका ट्राफिक कार्यालय (बग्गीखाना) मा रहेको कन्ट्रोल रुमबाट स्वचालित क्यामराले पठाएका भिडियो हेरी चालकलाई कारबाही गर्ने गरी प्रविधिको विकास गरिएको छ । विकसित मुलुकमा दशकौँ पहिलेदेखि प्रयोगमा ल्याइएको यो एएनबिआर क्यामरा स्रोत अभावको कारण देखाउँदै प्रयोगमा आउन सकेको थिएन ।

ट्राफिक प्रहरीले २०७२ सालदेखि ‘लिडार गन’ बाट म्यानुअल रूपमा सवारी साधनको गतिको अनुगमन गर्दै आएका छ । हाल ट्राफिक नियम उल्लङ्घन गर्ने र तीव्र गतिमा सवारी चलाउने काठमाडौँका १० वटा स्थानबाट लिडार गनबाट नै सवारी नियमन गरिँदै आएको छ ।

स्वचालित नम्बर प्लेट पहिचान (एएनबिआर) गर्ने क्यामरा जडान गरेपछि ट्राफिक प्रहरीलाई लिडार गन तेस्र्याएर बिच बाटोमा उभिनुपर्ने बाध्यता विस्तारै हट्ने अपेक्षा गरिएको छ । गोरखापत्र दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।