काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना

काठमाडौं । काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस भक्तपुरको साँगामा दुर्घटना भएको छ ।साँगाको पुलमुनि अन्दाजी २५ मिटर तल बस खसेको बनेपा प्रहरीले जनाएको छ ।

बा. ४ ख ९३९६ नम्बरको बस सडकबाट खस्दा ७ जना घाइते भएको भक्तपुर प्रहरी प्रमुख प्रजित केसीले नेपाल प्रेसलाई बताए । घाइतेको अवस्था सामान्य छ ।

‘सबैको उद्धार भइसकेको छ । चिन्ताजनक अवस्था कसैको छैन’, उनले भने ।

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल पुर्‍याइएको छ । प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए । nepalpress

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।