सुन तस्करीमा सरकार आवद्ध दलकै नेता मुछिनु गम्भीर विषय

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन तस्करीमा सडक मात्रै नभएर हवाई मार्गको समेत प्रयोग भइरहेको र त्यसमा सरकारको नेतृत्व गरिररहेका दलकै नेताको नाम मुछिनु गम्भीर विषय भएको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमा उनले केही दिनअघि इलेक्ट्रिक सिगरेटमा लुकाइ ल्याएको सुन मिलेमतोमा छुटाउने प्रयास भएको र बुधबार एयरपोर्टबाटै १ क्विन्टल सुन समातिएका घटनालाई संसद्‌को ध्यान गम्भीर रुपमा जानुपर्ने बताए।

‘केही दिन अघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलोमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो, हिजो त एअरपोर्टको सुरक्षा प्रणालीलाई पार गरेर बाहिरिएको एक क्विन्टल सुन समातिएको छ,’ उनले भने, ‘एअरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो। त्यसमाथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरुको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ।’ उनले यस्ता घटनाले राष्ट्रलाई नै लज्जित बनाएको बताएका छन्। nepalkhabar

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।