कांग्रेस धनकुटाले क्रियाशिल सदस्यता वितरण र जनप्रतिनिधिको भेला साउन मसान्त सम्म गर्ने

धनकुटा । नेपाली कांग्रेस धनकुटाको पदाधिकारीहरुको बैठकले क्रियाशिल सदस्यता वितरण र जनप्रतिनीधिहरुको भेला साउन मसान्तसम्म गर्ने निर्णय गरेको छ ।

पार्टीका सभापती दिनेश राईको अध्यक्षतामा बसेको बैठकले वडाकार्य समितिहरुलाई साउन मसान्तसम्म क्रियाशिल सदस्यता वितरण र निर्वाचित जनप्रतिनीधि, क्षेत्र ,पालिका र वडा सभापतीहरुको भेला गर्ने लगायतका विभिन्न निर्णय गरेको हो ।

बैठकले जिल्ला पार्टी कार्यलयमा दैनिक पालो पालो पदाधिकारीहरु अनिवार्य उपस्थित भई जनता, नेता, कार्यकर्ताहरुको काम गर्ने, समस्याहरुको सहजीकरण गर्न दैनिक उपस्थितिको लागि क्यालेण्डर बनाई कार्य विभाजन गर्ने, विपि स्मिृती दिवस साउन ६ गते भव्य रुपमा मनाउन सवै भातृ तथा शुभेच्छुक संस्था र मातहतका समितिलाई निर्देशन दिने निर्णय गरेको छ साथै जिल्लामा नेपाल तरुण दल धनकुटालाई कार्यक्रम गर्ने निर्देशन समेत दिने निर्णय गरेको छ ।

बैठकमा उपसभापती सुनिल डंगोलले भावी कार्यक्रमका सम्वन्धमा,जिल्ला सचिव विजय सन्तोषी राईले सातै वडा पालिकामा सम्पन्न पालिका परिषदको सम्वन्धमा पार्टीले खेलेको भूमिकाको वारेमा,अर्का सचिव विकास घिमिरे र सहसचिव श्रीराम रायमाझीले जिल्लाको समसामयिक राजनैतिक अवस्थाको वारेमा,जिल्ला सहसचिव रोशन श्रेष्ठले क्रियाशिल सदस्यता वितरण र कोषाध्यक्ष सरसस्वती मगरले लेवी संकलन र आर्थिक अवस्थाको वारेमा जानकारी गराएका थिए ।

कृषकहरुले बाली लगाउन समय भएकोले यो महिनाको साउन ५ गतेको मासिक बैठक स्थिगीत गरी भाद्र ५ गते मात्र नियमित रुपमा बैठक वस्ने निर्णय समेत भएको जिल्ला सहसचिव रायमाझीले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।