ब्रेक सुभित्र राखेर एक क्वीन्टल सुन ल्याउने कम्पनीका मालिक २१ वर्षे युवक !

काठमाडौं । त्रिभुवन विमानस्थलबाहिरबाट बरामद भएको करिब सय किलो सुन जडित ब्रेक सु ल्याउने कम्पनीका मालिक २१ वर्षीय युवक रहेको पाइएको छ ।

राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीले ब्रेक सुको आयातकर्ता रेडी ट्रेड्स प्राली रहेको बताए । रेडी ट्रेडर्सका सञ्चालक २१ वर्षीय दीलिप भुजेल हुन् । प्रहरीले उनलाई पक्राउ गरिसकेको छ ।

दोलखाको मेलुङ गाउँपालिका-३ स्थायी बासिन्दा दीलिपसँगै मेलुङ-३ कै ५३ वर्षीय रामकुमार भुजेल पनि पक्राउ परिसकेका छन् । दीलिप र रामकुमार आफन्त भएको बुझिएको छ । पक्राउ परेकालाई म्याद थपका लागि उच्च अदालत पाटन लैजान तयारी भइरहेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । nepalpress

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।