‘कम्युनिष्ट शक्तिबीच एकताको खाँचो’

काठमाडौँ, ४ साउन। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्ने ‘वर्तमान परिस्थिति र आगामी कार्यभार’ सम्बन्धी प्रतिवेदनमा अहिलेसम्मका राजनीतिक उपलब्धि रक्षाका लागि कम्युनिष्ट शक्तिबीच एकताको खाँचो औँल्याइएको छ ।

प्रतिवेदनमा राष्ट्रियता संरक्षण, जनअधिकार, वामपन्थी दलमा देखा परेका विचलन, उनीहरूमा पूँजीवादी चरित्रको बढ्दो प्रभाव, विकास हुँदै गएको अवसरवादका विषय उल्लेख छन् । अध्यक्ष नेपालले आज प्रस्तुत गर्ने सो प्रतिवेदनमा सङ्गठन सुदृढीकरण, पार्टीको भावी रणनीति, जनताको सेवा, सुशासन, समाजवादी व्यवस्थाका सम्भाव्यतालगायत विषय समेटिएका छन ।

पुष्पलाल स्मृति प्रतिष्ठानमा गत शुक्रबारदेखि जारी बैठकमा अहिलेसम्म १४ नेताले धारणा राखिसक्नुभएको छ । बैठकमा सहभागी नेताहरुले सङ्गठन सुदृढीकरण अभियानलगायत विषयमा राखेका सुझाव तथा प्रतिक्रियाको जवाफ अध्यक्ष नेपालले आज दिनुहुने छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।