नायक सारुक मृत्यु प्रकरण : पिता सानु ताम्राकारसँग बयान लिँदै प्रहरी

काठमाडौँ । अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले उनका पिता सानु ताम्राकारसँग बयान लिने भएको छ

यसअघि प्रहरीले सारुकले सुटिङ गरिरहेको ‘ह्यासट्याग माया’ का निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग सोधपुछ गरेर ‘कागज’ गराइसकेको छ ।

प्रहरी वृत्त मालिगाउँका अनुसन्धान अधिकृतहरूले सारुकलाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरिएको थियो वा थिएन भन्ने बारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

यता, नेपाल चलचित्र कलाकार संघले सारुकका पिता सानुसँग भेटेर उनलाई यस विषयमा किटानी जाहेरी नै दिन सुझाव दिएका छन् । अध्यक्ष मोहन निरौलाले भने, ‘हामीले सुझाव दिएका छौँ । उहाँले यसबारे सोचेर निर्णय लिन्छु भन्नु भएको छ ।’

सारुक रोतोपुलस्थित आफ्नै घरमा मृत फेला परेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖